१६ भाद्र २०७३, बिहीबार

स्वास्थ्य मन्त्री गगन थापाले बिशिष्ट ब्यक्तिहरुको उपचारमा हुँदै आएको राज्यकोषको दोहन प्रति गम्भीर असहमति जनाउनु भएको छ । उहाँले बीर अस्पतालको मेडिकल बोर्डले गम्भीर र नेपालमा उपचार हुन नसक्ने भनेर प्रमाणित नगरेसम्म राज्यकोषको खर्चमा विदेशमा गएर उपचार गर्न नपाउने नियमलाई कडाईका साथ लागू गर्ने उद्घोष गर्नुभएको छ ।

Image result for स्वास्थ्य मन्त्री गगन थापा
बीर अस्पतालको निरीक्षण पश्चात बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री थापाले बीर अस्पतालको मेडिकल बोर्डले नेपालमा उपचार हुन् नसक्ने भनेर प्रमाणित भएका रोगको उपचार गर्न मात्र बिशिष्ट ब्यक्तिहरु राज्यकोषबाट खर्च लिएर विदेश  उपचार गर्न जान पाउने नियमलाई कडाइका साथ लागु गरिने बताउनुभयो । उहाँले विशिष्ट व्यक्तिहरुको उपचार मुलुक भित्र नै भए देशको स्वास्थ्य क्षेत्रप्रति आम जनताको विश्वास पनि बढ्ने बताउनु भयो ।
पछिल्लो समय बिशिष्ट ब्यक्तिहरु राज्यकोषबाट उपचार खर्च लिएर उपचार को लागि विदेश जाने प्रबित्ति बढ्दो छ । देशका बिशिष्ट ब्यक्तिहरु बिरामी हुँदा बीर अस्पतालमा उपचार गर्नु पर्ने र यदि बिर अस्पतालले रिफर गरेको खण्डमा मात्र अन्यन्त्र उपचार गर्न जान पाउने नियम छ । तर स्वास्थ्य मन्त्री थापाले मेडिकल बोर्डले जसलाइ पनि नेपालमा उपचार हुन नसक्ने भन्दै लेखिदिने प्रबित्तिले राज्यकोषबाट उपचार खर्च बोकेर विदेश उपचार गर्न जानेहरु बढेको आरोप लगाउनुभयो ।
मन्त्री थापाले बीर अस्पताल निरीक्षणको क्रममा आवश्यक उपकरणहरुको सूची समेत अस्पताल प्रशासनलाई बुझाउन निर्देशन दिनुभएको छ ।

LIVE TV