१६ भाद्र २०७३, बिहीबार

नेपाल र जापानबिचको कुटनीतिक सम्बन्धको ६० औँ वर्षगांठ पूरा भएको छ । यो ६ दशकको अन्तरालमा नेपालले जापानसँग एउटा सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएको छ । राज्य स्तरबाट मात्र नभई जनस्तरबाट नै बलियो बनेको दुई देशको सम्बन्धले थप प्रगाढता ल्याउदै छ । यही क्रममा जापानका विदेश राज्य मन्त्री नेपाल आएर वर्षगाँठको खुसी आदानप्रदान गर्दै सम्बन्ध सुमधुर अध्यायमा थप बुटी थपेका छन् ।

Image result for नेपाल र जापान
नेपाल–जापान सम्बन्धको इतिहासलाई फर्केर हेर्दा सन् १९५६ सेप्टेम्बर १ मा दुइ देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि विभिन्न क्षेत्रमा सम्बन्ध र सम्पर्क विस्तार हुँदै गएको पाइन्छ । २१औँ शताब्दीमा आर्थिक विज्ञान र प्रविधिको क्षेत्रमा गुणात्मक फड्को मार्दै गइरहेको जापान नेपाललाई सहयोग गर्ने प्रमुख दाता राष्ट्रमा पर्छ । गत वर्ष गएको महाविनाशकारी महाभूकम्पमा जापान सरकारबाट पाएको ठूलो मानवीय सहयोगले झन् जनस्तरमा दुई देशका जनताबीच भावनात्मक सम्बन्ध पनि मजबुत भएको छ । ६० औँ वर्षगांठको अवसरमा जापानी विदेश राज्यमन्त्री नोबुओ किसी यतिबेला काठमाडौमा हुनुहुन्छ र उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बुधबार बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । उहाँले बिहीबार सरकारले आयोजना गरेको  समारोहमा खुसी व्यक्त गर्दै नेपालको आर्थिक सामाजिक विकास, व्यापार र लगानीका क्षेत्रमा जापानले गर्दै आएको सहयोग र सहकार्य अझै विस्तार गर्न चाहेको बताउँनुभयो ।
राज्यमन्त्री किसीले परराष्ट्रमन्त्री डा. महतसँग बुधबारै गरेको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको तियो । सो अवसरमा जापान सरकारले नेपालको विकासमा दिँदै आएको निःसर्त सहयोगका लागि मन्त्री महतले आभार व्यक्त गर्नुभएको थियो ।
जापानले नेपाललाई पुन एक अर्ब ८३ करोड २० लाख रुपयाँ अनुदान सहयोग उपलब्ध गराउँनेभएको छ । जापानले त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थललगायत नेपालका प्रमुख आठवटा विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनाका लागि समेत एक अर्ब ५१ करोड ८० लाख रुपयाँ उपलब्ध गराएको छ ।  जापानको सहयोगले नेपालको पुर्वाधार विकासको लागि नयाँ आयाम थपिने छ  ।

LIVE TV