१६ भाद्र २०७३, बिहीबार

भारतको दिल्ली सरकारका महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि मन्त्रीपदबाट बर्खास्त, विपक्षी दल भाजपाद्धारा आम आदमी पार्टीको आलोचना ।

भारतको दिल्ली सरकारका एक मन्त्री सेक्स टेपमा देखिएका छन् । दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स टेपमा देखिएको हुन् । यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गरेका छन् ।

cabinet-meeting_PIB

मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनले एक सिडी आफ्नो हात लागेको बताए । सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको खबर छ । सिडी प्राप्त भएको आधा घण्टा भित्रै सन्दीप कुमारलाई मन्त्रीबाट हटाउने निर्णय गरेको दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बताए । दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले सन्दीप कुमारसँग सम्बन्धित घटना सार्वजनिक भएपछि आम आदमी पार्टीको आलोचना गरेको छ ।
सन्दीप कुमारले गएको महिना दिल्लीबाट मगन्तेलाई हटाउने योजना बनाएका थिए । यो योजनाको आलोचनाभएपछि मुख्यमन्त्रीले योजना फिर्ता लिएका थिए ।

LIVE TV