१५ भाद्र २०७३, बुधबार

तराई मधेस आन्दोलनमा आन्दोलनकारीको निशाना बनेर विस्थापित बनेका सशस्त्र प्रहरीको रौतहट स्थित बिभिन्न चौकीहरु ( फर्वाड बेस ) अझै पनि पुर्नस्थापित हुन सकेका छैनन् । चौकीहरु नहुँदा असुरक्षित महसुस गरिरहेका स्थानीयवासीहरुले सशस्त्र वेश क्याम्पको पुर्नस्थापनाको माग जोडतोडले उठाउन थालेका छन् ।

Image result for सशस्त्र प्रहरी पोष्ट
मधेश आन्दोलनमा बिस्थापित भएका रौतहटको शसस्त्र प्रहरी पोष्टहरु(र्फवाड बेस) अझै पनि स्थापित हुन सकेका छैन । गत बर्षको भदौ देखि जारी मधेश आन्दोलनको क्रममा जिल्लाका करिब आधा दर्जन भन्दा बढीका पोष्टहरु बिस्थापित भएपछि पोष्टका शसस्त्र प्रहरीलाई सदरमुकाम गौर केन्द्रित गरिएको थियो । मधेश आन्दोलनको समयमा रौतहट जिल्लाको लमाहा, चन्द्रनिगाहपुर, जंगलसहिया, जयनगर, गरुडा, झुनखुवा लगायतका शसस्त्र प्रहरी पोष्टहरु विस्थापित भएका थिए भने कार्यरत सशस्त्र प्रहरीहरु सबैलाई सदरमुकाम गौरमा केन्द्रित गराइएको थियो । ती पोष्टहरु मध्ये जंगलसहियामा गत पुस १९ गते वेस पुनस्थापित गरिएको छ भने अन्य पोष्टहरुमा शसस्त्र प्रहरी बस्न सकेका छैनन । मधेश आन्दोलन रोकिएको आठ महिना बित्दा समेत ति पोष्टहरु अझै पनि स्थापित हुन नसकेको हो । सीमा सुरक्षा कार्यालय रौतहटका शसस्त्र प्रहरी उपरीक्षक मदनसिंह बिष्टले पुर्नस्थापित हुन नसकेका पोष्टहरुमा सम्बन्धित बेस क्यापले नै निगरानी गरिरहेको जानकारी दिनुभयो । नजिकिदै गरेको चाड पर्वहरुलाइ मध्यनजर गदै शसस्त्र प्रहरीले आफनो सुरक्षा अबस्थालाइ कडा बनाउने समेत उहाँको भनाई छ ।
यता स्थानीयबासीले पनि चाँडो भन्दा चाडो शसस्त्र प्रहरी पोष्ट स्थापना हुनु पर्ने माग गरेका छन । महेन्द्र राजमार्ग अन्र्तरगत लमाहा तथा चन्द्रनिगाहपुरमा सुरक्षाको हिसाबले पनि पोष्ट स्थापना हुनु पर्ने स्थानीय युवा भरत आचार्यको माग छ ।
सशस्त्र प्रहरीको वेस क्याम्प नहुँदा स्थानीयवासीले असुरक्षा महसुस गरिरहेका छन् । मधेस आन्दोलनको दौरानमा पूर्वी र मध्य तराईका अधिकांश जिल्लामा सशस्त्रका चौकी तथा वेश क्याम्पहरु आन्दोलनकारीको निशाना बनाइएका थिए ।

LIVE TV