१५ भाद्र २०७३, बुधबार

म्याग्दीको बेनी नगरपालिका वडा नं ११ मा रहेको पुलस्त्य पुलाआश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको छ । तर प्रचारप्रसार,भौतिक पूर्वाधार र संरक्षणको अभावमा यो तीर्थस्थल ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थल मध्ये एक मानिन्छ ।

Image result for म्याग्दीको पवित्र पुलस्त्य पुलहाश्रम ओझेलमा
श्रीमद्भागवत महापुराणमा धैरै चर्चा गरिएपनि राज्य र धार्मिक क्षेत्रका प्रर्वधकहरूको उपेक्षाका कारण यो तीर्थस्थल ओझेलमा परेको हो । श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्यपुलहाश्रम,नैमिषारण्य,फाल्गुतीर्थ,रामेश्वरम,प्रभास,कुशस्थली,वाराणसी,मधुपुरी,पम्पासरोवर,नारायणाश्रम, विन्दु सरोवर र सीतारामाश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ । पुराणप्रसिद्ध तीन ऋषिहरू पुलह,पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।
पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रमनै भएको पुराणमा उल्लेख छ । पुलस्त्यपुलआश्रमा अहिले पनि पुलस्त्यले तपस्या गरेका हवन कुण्ड, राजा भरत र जडभरले आवतजागत गर्ने मार्ग, पुलह र पुलस्य दुई भाइ सहित हालको कालिगण्डकी, रगुगंगा र म्याग्दी नदीमा स्नान गर्न जाने मार्गहरूका साथै धार्मिक मान्यताका धेरै महत्वपुर्ण स्थानहरू रहेका छन् ।
विश्वकै महत्वपूर्ण तिर्थस्थलमध्येमा समावेश भएको पुलस्त्य पुलआश्रमको पश्चिम करिव २ सय मिटर तल लंकाका राजा जन्मिएपछि धार्मिक परम्परा अनुसार नाभी गाडेको स्थान समेत रहेको स्थानीय दलकेशर बानियाँले बताउनुभयो ।
नाभी गाडेको स्थान नजिकै रगत जस्तै पानी अहिले पनि देखिन्छ । महापुराणमा उल्लेख गरिएका सबैजसो प्रत्यक्ष देख्न पाइने भएकाले पनि विश्वकै चर्चित धार्मिकस्थल भएको स्थानीयको भनाई छ । पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार,भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको स्थानीय कृष्णबहादुर बानियाँले बताउनुभयो ।
रावण विश्व विजयकर्ता र बौद्धिक ब्यक्ति भएकाले उसको जन्मस्थलको संरक्षणमा राज्यले समेत बजेटको ब्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ । पुर्वाधारको अभाव भएपछि पुलस्त्य पुलआश्रम क्षेत्र विकास कोषले केही समय अघि महायज्ञ लगाएर आर्थिक संकलन गरी सडक तथा मुख्य मन्दिरका साथै आसपासका क्षेत्रमा पुर्वाधार विस्तार गरेको थियो । यस्तै विकास कोषले पुलहाश्रमलाई ऋषिआश्रमको रूपमा बिकास गर्ने, रावण कुटीबनाउने,रावण खेलेको भनिएको राउन्नेको पाटोलाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने सहितका योजनाहरू समेत बनाएको छ ।

LIVE TV