१५ भाद्र २०७३, बुधबार

नेपालको विमानस्थलको विकास र विद्यालयहरुको पुनर्निमाणको लागि जापान सरकारले एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयलाई जापानी सरकारले पुनर्निर्माण र विकास गर्नका लागि उक्त रकम प्रदान गरेको हो ।

Image result for जापानको सहयोग
जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बर्षगाँठको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सम्झौता अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान गर्नेछ । उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा काठमाडौंस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्रािष्ट्रय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने सचिव लोकदर्शन रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गर्नुभयो ।
नेपालका लागि जापानिज राजदुत मासासी ओगावाले अर्थ मन्त्रीकृष्ण बहादुर महरालाई उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गर्दै यसको उचित प्रयोग गरेर देखाउन आग्रह समेत गर्नुभयो ।

LIVE TV