१५ भाद्र २०७३, बुधबार

अहिले लामलागेर विदेशमा उपचार गराउँन जाने पूर्व विशिष्ट पदाधिकारी र शीर्ष नेताहरुको घुँइचो नै लागेको छ । जुनसुकै व्यक्ति प्रधानमन्त्री भएपनि उनीहरुले सबै दलका नेताहरुलाई राज्यकोषबाट रकम निकासा दिने गरेका छन् । पछिल्लो समय निकै डरलाग्दो प्रवृत्तिको रुपमा विकास भइरहेको राज्यकोषको दोहन गर्ने यस्तो रवैयाप्रति नागरिकस्तरमा भने यस्तो न्यूजले आक्रोश पैदा गरेको छ ।
यिनी हुन् झापाबाट आफ्नो भाइको उपचार गराउन वीर अस्पताल आएका नागेन्द पौडेल । उनी अहिले निराश छन् । पाँच दिनदेखि उपचार गराउन प्रयत्न गरिरहेका उनीहरुलाई उपचार पाउन सास्ती भइरहेको छ । अझै चिकित्सकले कहिले उपचारको समय देलान् भनि उनी कुरिरहेका छन् । जनतालाई दुख दिएर नेताहरु भने उपचार गराउन भन्दै लाम लागेर विदेश गइरहेको उनलाई पटक्कै चित्त बुझेको छैन । त्यसैले उनले यसरी आक्रोश व्यक्त गरे ।
उनी मात्रै होइन उनी जस्ता धेरै नेपालीको आक्रोश यस्तै छ । राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीदेखि राजनीतिक दलका नेता, कार्यकर्ता र आसेपासेसम्मलाई राज्यले उपचार खर्चबापत लाखौं रकम दिदै आएका छन् । त्यही रकमबाट विदेशमा उपचारका लागि जाने भीभीआइपीहरुको ताँती नै लागेको छ । अहिले पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा विदेशमा छन् । राज्यकोषबाट उपचार वापत पाएको खर्चले स्वदेशकै अस्पतालमा उपचार गराउँनुको सट्टामा विदेशका सुविधासम्पन्न स्वास्थ्य संस्था खोज्दै जाने प्रवृज्ञिप्रति सर्वसाधारण नागरिकहरुको आक्रोश बढ्दै गइरहेको छ ।
अधिकांश सर्वसाधारण नागरिकको शीर्ष नेताहरुको उपचार स्वदेशमै गराउने व्यवस्था गनुपर्ने माग छ । जनता होस वा नेता वा पूर्व पदाधिकारी,सबैलाई समान पहुँचको आधारमा स्वास्थ्य उपचार हुने व्यवस्था मिलाउने व्यवस्था गर्न सकिए बढ्दै गएको जनआक्रोश पनि स्वतः कमी हुन्छ । नभए यस्ता वितृष्णाहरु बढिनै रहनेछन्,जुन कालान्तरमा प्रत्युत्तपादक समेत बन्न जानेमा कुनै शंका छैन ।

LIVE TV