१५ भाद्र २०७३, बुधबार

कोशी राजमार्गको रानी धरान सडक खण्डको डेढ किलोमिटर सडक गत वर्षको असार मसान्त भित्रै निर्माण सम्पन्न भईसक्नुपर्ने थियो । तर ठेकेदारको लापरवाही र सम्बन्धित निकायको हेल्चेक्रयाईका कारण अहिले सम्म ५० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन ।

Image result for धरान सडक खण्ड
सडक निर्माणमा मात्र नभई खानेपानी, बिजुली र टेलिफोन जस्ता भौतिक पूर्वाधार निर्माणमा ढिलाई हुँदा सर्वसाधारणलाई आयआर्जनमा कठिनाई भएको छ भने गर्मीमा धुलो र धुँवा तथा वर्षामा हिलो र डुबानका कारण स्वास्थ्यमा समेत समस्या आएको छ । एकातिर ठेकेदारले समयमा काम नगर्ने र अर्कोतिर सरकारले समेत ढिलो गरी बजेट निकासा गरेका कारण विकास निर्माणको काम ढिलो हुने गरेको प्राविधिकहरुले बताएका छन् । बजेट ढिलो निकासा भएकै कारण गएको आर्थिक वर्षमा मोरङका विकासे कार्यालयहरुको करिब १५ करोड रुपैया बजेट फ्रिज भएको छ । तोकेको समयमा काम सम्पन्न नहुँदा सर्व साधाणलाई आवत जावत गर्न समस्या परेको गुनासो गरेकाछन् ।
विकासे कार्यालयहरु खानेपानी, सडक, विद्युत र टेलिकम बीचको समन्वय अभावका कारण पनि विकास निर्माणको काममा ढिलाई हुने गरेको छ । यस आर्थिक वर्षको बजेट जेठ १५ गते नै आइसकेकाले विकास निर्माणका कार्यलाई छिटो सम्पन्न गर्न चाँडो भन्दा चाँडो अख्तियारी दिनुपर्ने सम्बन्धित निकायहरुले बताएका छन् । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा कर्मचारीलाई कारवाही र ठेकेदारबाट क्षतिपूर्ति गराउनु पर्ने हो तर बर्षै सम्म यस्ता योजनाहरु अलपत्र हँुदां समेत सम्बन्धित निकायहरु मौन बसेका हुन्छन् ।

LIVE TV