१५ भाद्र २०७३, बुधबार

भूकम्पले ढलेका सम्पदाहरुको पुनर्निर्माणमा परम्परागत सामग्रीहरुको प्रयोग हुने पुरातत्व विभागले प्रष्ट पारेको छ । सम्पदाहरुको पुननिर्माणमा ढिलाइ भइरहेको स्वीकार्दै विभागले सम्पदा पुनर्निर्माणको शील्प, शैली र सामग्रीहरु मौलिक र पुरानै शैलीको हुने जिकिर गरेको छ ।

Image result for क्षतिग्रस्त सम्पदाहरु
रानीपोखरीस्थित बालगोपाल मन्दिरको पिल्लर बनाउने क्रममा रड र सिमेन्टको प्रयोग गरेपश्चात व्यापक विरोध भयो । आगामी कार्तिक सम्म सम्पन्न गर्ने गरी महानगरपालिकाले तीन वटा निर्माण कम्पनीहरुसँग सम्झौता गरेको थियो । तर निर्माणको क्रममा सम्पदा पुनर्निर्माणको आधारभूत मापदण्डसमेत पूरा नगरेको भन्दै पिल्लर भत्काउन पुरातत्व विभागले निर्देशन दियो । यद्यपि, निर्देशन अनुसार काम पुनः सूचारु भएको छ ।
विभागले वहूवर्षिय योजनाअनुसार सम्पदाहरुको पुननिर्माण शुरु गरेको छ । मास, चुन, चाकु, गहतलगायतका सामग्रीहरुको प्रयोग र मौलिक पहिचानमा आधारित पुरानै स्वरुपमा हुने विभागको दावी छ । श्रोत, साधन र शिल्पको अभाव नरहेको भन्दै विभागले सम्पूर्ण सामग्रीहरुको व्यवस्थापनमा जुटेको दावी गरेको छ । सम्पदाको पुननिर्माणमा एक रति पनि तलमाथि नहुने बताउदै शंका नगर्न विभागले आग्रह गरेको छ ।
सम्पदाहरुको पुननिर्माणमा ढिलाइ भैरहेको भन्दै शिल्प,शैली र प्रयोग हुने सामग्रीवारे युनेस्कोले चासो देखाउदै आएको छ । स्वयम्भु, रातोमच्छिन्द्रनाथलगायतका केही सम्पदाहरुको पुननिर्माण शुरु भइसकेको र केही मुलुकहरुसँग वार्ता र सम्झौता भैरहेको विभागले जनाएको छ ।

LIVE TV