१५ भाद्र २०७३, बुधबार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको राज्य पुर्नसंरचनाको लागि बनेको आयोगमाथि सरकारले राजनीतिक हस्तक्षेप गर्नुको साथै विवादमा पार्ने खोजेको आरोप लगाउनु भएको छ । पुर्नसंरचना आयोग एक सवैधानिक आयोग भएको बताउदै थापाले सविधानले नै यसको कार्यक्षेत्र र जिम्मेबारी निर्धारण गर्ने उल्लेख गर्नुभयो ।

Image result for कमल थापा
इटहरीमा बुधबार मिडिया नेपाल सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले संसद भन्दा सरकार माथि नहुने भन्दै सरकालाई यस बिषयमा अनाबश्यक हस्तक्षेप नगर्न सुझाव दिनुभयो । उहाँले पुर्नसंरचनाको बिषयमा विवाद गरिरहनु भन्दा सर्वपक्षीय परामर्श गरेर पहिले स्थानीय निकायको चुनावको मिति निर्धारण गर्नु पर्ने बताउनुभयो ।
अध्यक्ष थापाले संविधान संशोधनको कुरा उठिरहेको बेला राप्रपा नेपालले पनि दोस्रो पटक संविधानमा संशोधन गर्दा धर्म निरपेक्षाताको खारेजी र हिन्दू राज्यको सुनिश्चितता हुनु पर्ने माग गर्ने बताउनुभयो । उहाँले देशमा फेरि पनि तीन दलीय सिन्डिकेट चलाएर जबजस्र्ती निर्णय लाद्न खोजिएको बताउदै अब नेपाली जनता र राप्रपा नेपाललाई त्यो स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

LIVE TV