१४ भाद्र २०७३, मंगलवार

रसुवामा प्रहरी मेरो साथी अन्तर्गत जनतासँग अन्तक्र्रयात्क कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा जिल्लाको डाडाँगाउँमा प्रहरी मेरो साथी अन्तरगत स्थानीय जनतासँग अन्तरकृया कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

index
स्थानीय जनता परेका समस्या, बालबालिकामाथिको बालहिंसा, महिला हिंसालाई कम गर्न र त्यस्ता घटना हुन नदिन अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो । प्रहरी मेरो साथी प्रहरी र स्थानीय जनता सम्पर्कमा रहिरहनका लागि प्रहरीले पछिल्लो समयमा ल्याएको नयाँ अभियान हो ।
यसैबीच रसुवाको डाडाँगाउँ गाविसलाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त गाविस बनाउने उद्धेश्यका साथ सचेतना मुलक ¥यारी निकालिएको छ । एक घर एक चर्पि, पुर्ण खोप युक्त स्वच्छ हाम्रो डाडाँगाउँ धर्ति मुल नाराका साथ गाविस स्तरीय  खानेपानी सरसफाई समन्वय समितीको आयोजनामा इकार्ड नेपाल, युन हेबिट्याट नेपाल, ल्याकोस, रेडक्रस लगायतको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
डाडाँगाउँलाई आगामी असोज ७ गते खुला दिशा मुक्त गाविस र पुर्ण खोप युक्त गाविस घोषणा गर्दैछ ।

LIVE TV