१४ भाद्र २०७३, मंगलवार

पछिल्लो समय एकपछि अर्को गर्दै सवारी साधन दुर्घटना बढिरहेको छ । सवारी साधन दुर्घटना हुनुमा एकले अर्कोलाई दोषी देखाउने प्रवृति समेत हावी हुँदै गएको छ । सरकारले पनि सवारी दुर्घटना नियन्त्रण गर्न कुनै यथेस्ट कदम चाल्न नसक्दा पछिल्ला दिनहरुमा सवारी दुर्घटनाका घटनाहरु बढदै गएका हुन् ।

Image result for सडक दुर्घटना
सरकारले सवारी साधनमाथि कडाई गरेपछि यातायात व्यवसायीहरु असन्तुष्ट बनेका छन । सिट क्षमता भन्दा वढि यात्रु राख्न नपाइने, यातायात व्यवसायीहरुको मनोमानिको अन्त्य गर्नुपर्ने भन्दै सरकार अनुगमनमा सक्रिय भएको छ । अहिलेसम्मको भएका दुर्घटना हेर्ने  हो भने ७० प्रतिशत दुर्घटना चालककै लापरवाहीका कारणले भएका छन तर यहाँ सडकको अवस्थालाई दोष देखाएर आफु उम्कन खोज्ने प्रवृति रहेको सरकारी पक्षको भनाई छ ।
सरकारले जरिवाना मात्रै वढाएर यातायात व्यवसायीहरुको ढाड सेक्ने गरेको आरोप यातायात व्यवसायीहरुको छ । विदेशी मुलुकलाई आधार वनाएर ट्राफिक जरिवाना तोक्ने सरकारले सडकको अवस्थामा पनि सुधार ल्याउन तथा पार्कीङको समेत प्रवन्ध मिलाउनुपर्ने यातायात व्यवसायीहरुको माग रहेको छ ।
पछिल्लो समय सवारी चेकजाँचमा सरकारले कडाई गरिरहेको छ । वढि यात्रु वोक्ने सवारी साधनलाई कारवाही गर्ने, जथाभावि पार्कीङ गर्नेलाई सरकारले कारवाहीलाई तिव्रता दिइरहेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्थामा सुधार, चालकलाई सचेतना, यात्रुहरु सीटक्षमता भन्दा वढि वस्न नपाउने, यदि त्यस्तो पाइएमा कडा भन्दा कडा कारवाही गर्ने व्यवस्था हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

LIVE TV