१४ भाद्र २०७३, मंगलवार

दाङको तुलसीपुर कारागारमा क्षमता भन्दा बढी कैदी राखिएको पाइएको छ । एउटै कोठामा ४५ बढी कैदी राखिएपछि आफूहरुको बसाइ कष्टकर भएको कैदीबन्दीको गुनासो छ ।
index
२०३२ सालदेखि निमार्ण कार्य शुरु भई २०३६ सालदेखि कैदी बन्दीलाई राख्न शुरु गरिएको तुलसीपुर कारागार ‘ङ’ श्रेणिको कारागार हो । १ सय जना मात्रै कैदी राख्ने क्षमता भएपनि तुलसीपुर कारागारमा अहिले एक सय ९४ पुरुष र २१ जना महिलाले सजाय भुक्तानी स्वरुप जेल जीवन बिताई रहेका छन् । त्यसमा थप दुई आस्रित बालबालिका पनि कारागार भित्रै बस्दै आएका छन् । कारागारको नयाँ भवन निर्माण गरिएको भएपनि त्यो अझै प्रयोगमा आउन सकेको छैन । नव निर्मित भवन प्रयोगमा आउन नसक्दा कैदीहरुले कष्टकर जीवन बिताउनु परेको गुनासो गरेका छन् । क्षमता भन्दा बढी राखिएको,पुरानो  तथा भवन जिर्ण भएको कैदी जितबहादुर बुढाले बताए ।

छतवाट पानी चुहिने गरेकोले आफुहरु सुत्न समेत नपाउने गरेको अर्का कैदी जानकीदेबी जोशीले बताईन् । जिर्ण भवन जतिखेर पनि भत्कन सक्ने भन्ने डर र त्रासका वीचमा आफुहरु बस्नु परेको उनीहरुको गुनासो छ । तर तुलसीपुर कारागारको नयाँ भवन निर्माण प्रयोगमा ल्याइनसकिएकोले केही समयका अझै कैदीहरुले यही अबस्थामा बस्नुको बिकल्प नभएको कारागार शाखाका प्रमुख देवेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले आगामी मसिंर मसान्त सम्ममा नयाँ भवनमा सार्न सकिने जानकारी दिनुभयो ।

३ करोड ६५ लाखको लागतमा तुलसीपुर कारागरको नयाँ भवन निर्माण भईसकेको र हाल थप पुर्बाधारको तयारी भईरहेको जेलर श्रेष्ठले बताउनुभयो । त्यस्तै कार्यालय भवन र सुरक्षा निवासको भवन निर्माणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

LIVE TV