१४ भाद्र २०७३, मंगलवार

उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले यसअघि व्यवस्थापिका संसदको वहुमतले अस्वीकृत गरेका आश्रित विधेयक चाँडै पास गरिने वताउनुभएको छ । आफुहरुको वजेटमा कुनै पनि असहमति नरहेको जिकिर गर्नुहुँदै अर्थमन्त्री महराले सरकारमाथिको अविश्वासले गर्दा वजेट आश्रित विधेयकको विपक्षमा मतदान गर्नुपरेको खुलासा गर्नुभयो ।

Krishna_Bdr_Mahara
अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरुसँगको छलफलमा उपप्रधानमन्त्री महराले वजेट आश्रित विद्येयकको विपक्षमा मतदान गर्न वाध्यता भएको वताउनुभएको हो । वजेटसँग आश्रित विद्येयक पारित गरि वजेट कार्यान्वयनमा अघि वढने समेत उपप्रधानमन्त्री महराले स्पष्ट पार्नुभयो ।
यसअघि नेकपा माओवादी केन्द्र सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको विनियोजन विद्येयक पारित गरी ओली विरुद्ध अविश्वासको प्रस्ताव दायर गर्दै वजेट आश्रित विद्येयक संसदवाट फेल गराएको थियो । उपप्रधान तथा अर्थमन्त्री महराले आफु काम सिक्ने क्रममा रहेकोले आगामी दिनमा कसरी अगाडी वढने र के गर्ने भन्ने विषयमा सवैलाई सुझाव दिन आग्रह गर्नुभएको छ ।
संविधान अनुसार विद्येयक पारित गर्न व्यवस्थापिका संसदको अर्को अधिवेशन आव्हान गर्नुपर्ने छ । अथवा नयाँ विद्येयक वनाएर पारित गर्न अर्को वर्षको जेठ १५ सम्म कुर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । पछिलो समय वजेटको कार्यान्वयन र आश्रित विद्येयक पारित गर्न उपप्रधानमन्त्री महरा सक्रिय देखिनुभएको छ । यसअघि पूर्व अर्थ सचिवहरु, पूर्व अर्थमन्त्रीहरु, उद्योगी व्यवसायीहरुसँग छलफल गरिसक्नुभएका महराले आर्थिक पत्रकारहरुसँग पनि छलफल गर्नुभएको हो ।

LIVE TV