१४ भाद्र २०७३, मंगलवार

पर्यटन मन्त्री जीवनबहादुर शाहीले नेपालको पर्यटन क्षेत्रमा विकास गर्नका लागि संस्कृति तथा भुकम्पले भत्किएका संरचनाहरुको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले पर्यटकको आगमनमा वृद्धि गर्नका लागि पर्यटन सँग जोडिएका विभिन्न पक्षहरुको विकास हुनु जरुरी रहेको पनि बताउनुभयो ।

Image result for जीवनबहादुर शाही
पर्यटन क्षेत्रसँग आवद्ध विभिन्न संघसंस्थाहरुसँगको भेटमा मन्त्री शाहीले विभिन्न जिल्लामा पर्यटन आगमनको संभावना भएका ठाउँहरुमा विकास भएमा मात्र पर्यटन क्षेत्र अघि बढ्न सक्ने बताउनुभयो ।  उहाँले भत्किएका संरचनाहरुको पुननिर्माण र पर्यटक भित्रयाउने आधारहरुको विकासमा बर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
मन्त्री शाहीले पर्यटन विकासका लागि पर्यटन क्षेत्रसँग आवद्ध संघ संस्थाहरुसँग सहकार्य गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

LIVE TV