१४ भाद्र २०७३, मंगलवार

नवलपरासीमा मूस्लीम समुदायका लागि  उर्दु, अरबी भाषको उच्च शिक्षाको पहुँच नहँुदा  बिद्यार्थीहरु   शिक्षा हासिल गर्न छिमेकी मुलुक भारत जान बाध्य भएका छन् । त्यसैले सो भाषाको उच्च शिक्षा नेपालमै हासिल गर्नसक्ने व्यवस्था मिलाउँन मुस्लिम अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
muslim community of nawalparasiको लागि तस्बिर परिणाम
बिद्यालय तहको मदरसा भएपनि सो भन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दु, अरबी उच्च शिक्षाका लागि मूस्लीम समुदायका विद्यार्थीहरु छिमेकी मुलुक भारत जान बाध्य भएका हुन् । बिशेष गरी जिल्लाका मुस्लीम समुदायका बालबालिका मदरसा पछिको माथिल्लो शिक्षा वा उर्दु, अरबी उच्च शिक्षाका लागि छिमेकी भारतको गोरखपुर, महाराजगन्ज लगायतका स्थानमा जाँदै आएका छन्  ।
जिल्लामा प्राथमिक तहसम्मको उर्दु शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केही विद्यार्थीहरु भारत तिर लाग्ने गर्दछन् भने अधिकांश विद्यार्थीहरु उर्दु उच्च शिक्षाबाट बन्चित हुदै आएको मुस्लीम अगुवा हैदर अलि मोनीनले बताउनुभयो   ।
जिल्लामा उर्दु शिक्षाको माध्यमिक तहसम्म अध्धयनको व्यवस्था समेत नरहेकोमा मुस्लिम संघ नवलपरासीका जिल्ला अध्यक्ष कासिद अलिले गुनासो गर्नुभयो ।
मुस्लमि  शिक्षाका लागि आर्थिक रुपमा सम्पन्न विद्यार्थीहरु छिमेकी राष्ट्र भारत गई कठिनाईका साथ शिक्षा हासिल गर्नुपर्ने अवस्था छ । तर अधिकांश गरिब विद्यार्थीहरु शिक्षाबाट बन्चित हुन बाध्य भएको मुस्लीम अगुवा ईशाहाक मियाले बताउनुभयो  । नवलपरासीमा हाल करिब २ दर्जन बढी मदरसा रहेका छन् । राज्यले आफ्नो समुदायलाई  उपेक्षित गरेको जनाउदै नवलपरासीका मुस्लीम समुदायले जिल्लामै उर्दु र अरबी उच्च शिक्षा अध्ययनको व्यवस्था मिलाउँन सरकारसँग माग गरेका छन् ।

LIVE TV