१४ भाद्र २०७३, मंगलवार

किर्गिस्तानमा अवस्थित चिनियाँ राजदूतावासको प्रवेशद्वारमा मङ्गलबार आत्मघाती बम आक्रमण भएको छ ।यस आक्रमणमा परी तीन व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
किर्गिस्तानको  आत्मघाती आक्रमणको लागि तस्बिर परिणाम
यस आक्रमणमा परी आत्मघाती आक्रमणकारी मात्र मारिएको छ भने दूतावासको सुरक्षाको लागि खटिएका तीन सुरक्षा गार्ड घाइते भएका किर्गिस्तानका उपप्रधानमन्त्री जेनिस रजाकोभले पत्रकारलाई जानकारी दिनुभएको छ ।रजाकोभका अनुसार चिनियाँ राजदूतावासमा कार्यरत तीन किर्गिज नागरिक घाइते भएका र ती सबैलाई उपचारको लागि अस्पताल लगिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार करिब छ सय किर्गिज नागरिक सिरिया र इराकमा इस्लामिक स्टेट्स ९आइएस० लडाकू समूहमा सहगागी भएका छन् । रासस÷एएफपी

LIVE TV