१४ भाद्र २०७३, मंगलवार

गत वर्ष बक्स अफिसमा रेकर्ड राख्न सफल फिल्म प्रेमगीतको सिक्वेल फिल्म प्रेमगीत २ लाई ‘प्रेमगीत’का कथा लेखक रामशरण पाठकले निर्देशन गर्ने भएका छन् । निर्माता सन्तोष सेनले आफ्नो जन्मदिनको अवसरमा प्रेमगीत २ को निर्देशक राम शरण पाठकलाई घोषणा गरेका हुन् ।

0174444444444444
निर्माता सन्तोष सेनका अनुसार नयाँ नायिकाको खोजी भइरहेको छ भने केही दिनमै उक्त नयाँ नायिकाको फाईनल हुने जानकारी पनि गराएका छन् । त्यस्तै ‘प्रेमगीत २’फिल्मले बर्मा र नेपालको कथालाई पर्दामा प्रस्तुत गर्ने निर्माता सेनको भनाई रहेको छ । फिल्मको छायाङकन कात्र्तिकबाट म्यानमार,थाइल्याण्ड र नेपालमा गरिने छ ।
त्यस्तै निर्माता सेनका अनुसार प्रेमगीत २को लागि अभिनेता प्रदिप खड्काले अन्य थुप्रै अफरहरुलाई नकारेका कारण पनि ८ लाख पारिश्रमिक दिएको जानकारी गराए ।
साथै फिल्मका लागी निर्देशक राम शरण पाठकलाई ‘निर्देशन गरेवापत्त ७ लाख र कथा लेखन बापत १ लाख ७५ हजार पारिश्रमिक दिएको पनि निर्माता सेनले जानकारी गराए । सिक्वेल फिल्ममा अभिनेता खड्का यस फिल्मको नायकको रुपमा रहने छन् । त्यस्तै फिल्ममा अर्जुन पोख्रेलकै संगीत पनि रहने भएको छ ।

LIVE TV