१४ भाद्र २०७३, मंगलवार

आउँदो तिहारमा रिलिजहुने फिल्म राधाको नयाँ गीत रिलिज भएको छ । यस अघि पूर्वेली फ्लेवरमा लोक प्यार्टनको मारुनि गीत रिलिज गरेका राधा टिमले यस पटक पनि पूर्वेली फ्लेवरमा लोक प्रकारकै गीत रिलिज गरेको छ । तर अघिल्लो गीत छपक्कै फूलफूल्यो भन्दा अहिलेको नयाँ गीत केही फरक छ । अर्थात यो गीतको मुखडा आँखैलाई के दोष केही क्याचि लाग्छ ।

02 २्४ बिटमा तयार यस गीतको शब्द संगीतबसन्त सापकोटाको रहेको छ भने प्र्रल्हाद तिम्लिसना र मिलन अमात्यले स्वरबद्ध गरेका छन् । त्यस्तै उक्त गीतको नृत्य निर्देशन कबिराज गहतराजले गरेका हुन् ।
जीवन लुइँटेल र संचिता लुइँटेल मूख्य भूमिकामा रहेका यस फिल्मका गीतका दृश्यहरु चाँहि भारतको दार्जिलिङका विभिन्न क्षेत्रमा कैद गरिएका छन् । फ्यामेली ड्रामा जन्र्मा फिल्म बनाउँन रुचाउँने निर्देशक योगेश घिमिरे यस फिल्मलाई निर्देशन हुन् ।

03

LIVE TV