१४ भाद्र २०७३, मंगलवार

काठमाडौँ, भदौ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालका मेडिकल अधिकृत डा. रामजी यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रवीणता प्रमाण पत्र तहको नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस अध्ययन गरेको आरोप लगाउँदै अख्तियारले हदैसम्मको कैद सजायको मागसहित यादवविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
भारतको सीतामढीस्थित एसआरकेजी कलेजबाट सन् १९९८मा आईएससी प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी यादवले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली एवम् झुठा पाइएको र त्यही नक्कली प्रमाणपत्रका आधारमा यादवले एमबीबीएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिएको आरोप अख्तियारको छ ।
यादव २०७० साल फागुन १ गतेदेखि जनकपुर अञ्चल अस्पतालमा करार सेवाअन्तर्गत मेडिकल अधिकृत पदमा कार्यरत हुनुहुन्छ । विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दर्ता भएपछि डा. यादव स्वतः निलम्बित हुनुभएको छ । -गोरखापत्र

LIVE TV