
गणेश पाण्डेय, युरोप ।
साइबर सेक्स – यौन आनन्द लिने कुनै नौलो तरिका पक्कै पनि होइन, बिज्ञान प्रविधिमा इन्टरनेटको बिकाशले मान्छेको जीवनमा ल्याएको सहजतासंगै अनकौ बिकृति र विसंगती पनि भित्र्यायो। पश्चिमी समाजमा इन्टरनेटमा राखिएका अस्लिल फिल्म र भिडियोहरु हेरेर आनन्द लिने जमाना धेरै पुरानो भैसकेको छ, अचेल इन्टरनेटमा साइबर सेक्स निकै नै प्रचलित छ।
आखिर के हो त साइबर सेक्स ?
इन्टरनेटका माध्यमबाट फरक दुरीका व्यक्तिहरुको बिचमा च्याट वा भिडियो च्याट गरेर यौन आनन्द लिने र दिने कार्य नै साइबर सेक्स हो। २००० को दशकमा साइबर सेक्सले उग्ररुप लिएको थियो, त्यतिबेला आजको जस्तो स्काइप भिडियो च्याट थिएन , याहु च्याट र हटमेल च्याटको अधिक प्रयोग हुने गर्दथ्यो। पश्चिमी समाजमा साइबर सेक्स क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गरि गरिने हुनाले यौन व्यवसायी र ग्राहक दुवै सुरक्षित हुन्छन, तर पूर्बी समाज र दक्षिण एशियाको समाज अझैपनि त्यतिधेरै खुल्ला र उदार भईसकेको छैन र साइबर सेक्स मन मिल्नेहरुको बीचमा लुकिछिपी गरिन्छ, जसले गर्दा समय समयमा एक अर्कालाई ब्ल्याकमेलिङ् गरिएको पाईन्छ, जसमा फिलिपिन्स र थाईलैंडका युवतीहरु अग्रपंक्तिमा छन्। २००० को दशकमा पनि नेपाली समाजका केहि अभियन्ताहरु साइबर सेक्समा एकछिनको आनन्दको लागि नाङ्गिदा आफ्नो सामाजिक र ब्यवसायिक मर्यादा र इज्ज़त को धुज्जी उडेको पत्तै पाएका थिएनन्।
अहिले आएर प्रवासको नेपाली समाजमा फेरी साइबर सेक्सले गरमागर्मी ल्याएको छ। सेक्स मान्छेको बायोलिजिकल नीड हो, तर त्यसलाई सम्हाल्न नसक्दा या उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा मान्छे घरको न घाटको हुन्छ, हो अहिले युरोप, अमेरिका र अस्ट्रेलियाको नेपाली समाजमा त्यस्तै भएको छ। त्यसमा पनि प्रवासमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो छाता संगठन गैर आवासिय नेपाली संघका अभियन्ताहरु अग्रपंक्तिमा छन्। यूरोपमा बिशेष गरी पोर्तुगलको नेपाली समाजमा साइबर सेक्सले यहाको बजार निकै ततायो। विशेषगरी फिलिपिनी कलिली युवतीहरुसंग स्काईपमा गरिएको साइबर सेक्सको भिडियोहरु सामाजिक संजाल युट्युबमा लीक भएपछि यहाका सामाजिक अभियन्ताहरुको दोहोरो चरित्र उदाङ्ग भयो, जसमा एन आर एन पोर्तुगलका अग्रपंक्तिका अभियन्ताहरु देखी विभिन्न सामाजिक संघ संस्थाहरुका अगुवाहरु समेत परे। साइबर सेक्सको काण्डले अहिले अमेरिका र अस्ट्रेलियाको नेपाली समाज पनि तरंगित भएको छ, कयौ फसेका छन्, कयौले आफ्नो मर्यादा आफै माटोमा मिलाए।
साइबर सेक्स काण्डमा कसरी फसे त सामाजिक अभियन्ताहरु ???
जेनिफर र उमा पन्तका नामबाट फिलिपिनी जवान केटीहरुबाट सामाजिक अभियन्ताहरुलाई फेसबुकमा साथि हुन अनुरोध आयो। धेरैजसोले सहजै स्वीकारे। त्यसपछि च्याट चल्यो, अनि भिडियो च्याट गर्न स्काईप आइडी मागे। स्काइपमा पनि साथि बने अनि शुरु भयो भिडियो च्याट। ति युवतीहरुले धेरैजसोलाई सजिलै मायाजालमा फसाए, भिडियो च्याट गर्दै आफु पनि नांगिए अनि अरुलाई पनि नंग्याए। नेपाली समाजका अगुवाहरुले साइबर सेक्सको आनन्द पनि लिए तर त्यसपछिको परिणाम के के हुन सक्दछ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् कसैले ??? अनि सुरु भयो ब्ल्याकमेलिङ, बार्गेनिंग, र नेगोसिएसन ? ति युवतीहरुले साइबर सेक्समा आनन्द लिएका नेपालीहरुसंग मनपरी रकम माग्न थाले। जसले पैसा दिन अस्वीकार गरे , तिनको भिडियो रेकर्ड गरिएको र सामाजिक संजालमा हालिदिने भनि ब्ल्याकमेलिङ् पनि गरे। पैसा नदिनेको भिडियो युट्युबमा हालि पनि दिए। कयौलाई पैसा पठाउदा समेत बारम्बार त्यहि भिडियो देखाएर ब्ल्याकमेलिङ्ग गरियो, र कयौले आफ्नो इज्ज़त जोगाउन २-३ पटक सम्म समेत ति युवतीहरुको नाममा फिलिपिन्सको बैंकमा पैसा पठाए। सामाजिक संजालमा साइबर सेक्सको भिडियो आएलगत्तै यसले नेपाली समाजमा खैलाबैला र भूकम्पीय तरंग ल्यायो। साइबर सेक्सको ज्ञान नभएकाहरु अक्क न बक्क परे भने साइबर सेक्सको आनन्द लिनेहरु इन्तु न चिन्तु भए।
पोर्तुगल बाट फिलिपिन्स रकम पठाएको प्रणाम : (सामाजिक सुरक्षाको दृष्टिकोणले पठाउनेको नाम र ठेगाना मेटिएको छ )
धेरैजसोले आफना सामाजिक संजालका अकाउन्टहरु ह्याक भएको सूचना सम्प्रेषण गरे, अनि कयौले आफु साइबर अपराधको शिकार भएको र त्यस्को लागि कानुनी उपचार लिएको र साइबर अपराध अनुशन्धान प्रहरीलाई उजुरी गरको समेत भन्न भ्याए, तर पनि कसैले पनि प्रहरीलाई उजुरी गरेको प्रमाण पेस गर्न उचित सम्झेनन, नत कसैले आफूबाट भूलबस यस्तो गलत कार्य भएको स्वीकार नै गरे। सामाजिक संजालका अकाउन्टहरु ह्याक भएको भन्नेहरुले आफ्नो सानो गल्तीले गर्दा आफ्नो सामाजिक र व्यवसायिक इज्ज़त र प्रतिष्ठा ह्याक भएकोसम्म समेत पत्तै पाएनन्।
कयौले यो नितान्त व्यक्तिगत कुरा भएको समेत भन्न भ्याए। कुनैपनि मान्छेले चारभित्ताभित्र गर्ने हरेक क्रियाकलाहरु नितान्त व्यक्तिगत हुन्छन तर जब त्यही क्रियाकलापहरु चार भित्ताहरुबाट बाहिर निस्कन्छन , तब ति पब्लिक हुन्छन र सामाजिक चासोको बिषय पनि बन्दछन। त्यसमाथि पनि सामाजिक अभियन्ताहरुले गर्ने हरेक क्रियालाफरुमा समाजका बहुसंख्यक मानिसहरुको आखा र चासो हुन्छ। त्यसैले त सेलिब्रेटी र सामाजिक अभियन्ताहरुले छुट्टि मनाउदा गरेका हरेक हर्कतहरु समेत चर्चाका बिषय बन्दछन। अमेरिकी भूपू राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेवेन्सकी बीचको यौनकाण्डले अमेरिकी सिनेट त्यतीकै हल्लिएको होइन ??
सामाजिक अभियन्ताहरुले बारम्बार भूल गर्ने अनि आफुले गरेको भुल पनि स्वीकार नगर्ने, अन्तत: शान्त र समृद्ध समाजको परिकल्पना गर्नु भनेको यो समाज अन्धो हो भन्नु हो, आफ्नो दादागिरी र ज्यादती देखाउनु हो। सामाजिक अभियन्ताहरुले आफ्ना हरेक क्रियाकलापहरुमा त्यतीकै ध्यान दिनु जरुरी छ। होइन भने भोलि को दिनमा आफ्ना श्रीमती र छोराछोरी ले पनि साइबर सेक्स को आनन्द लिदा सहज स्वीकार गर्नसक्ने मानसिकताको बिकाश गर्न जरुरी देखिन्छ।