१२ भाद्र २०७३, आईतवार

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सरकारमा रहुन्जेल अत्यन्त परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Image result for धनीराम पौडेल र राज्यमन्त्री धनमाया विक

दाङ जिल्लाबाट काठमाडौँ आउनुभएका सशस्त्र द्वन्द्वको समयका घाइते र अपाङ्ग व्यक्तिसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले आफ्नो नेतृत्वमा बनेको अघिल्लो सरकारले जनताको चाहनाअनुसार काम गर्न नसके पनि अहिलेको सरकारले भने जनताको इन्छाअनुसार नै गर्ने बताउनुभयो ।

अत्यन्त जोखिमपूर्ण अवस्थामा आफू प्रधानमन्त्री भए पनि त्यो आफ्ना लागि काम गर्ने अवसर भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई फलदायी र उपलब्धिमूलक बनाउने सङ्कल्प गर्नुभयो । आफ्नो कार्यकालमा जनयुद्धका सहिद, बेपत्ता, घाइते र अपाङ्गका लागि विशेष काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

सो अवसरमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता, घाइते र अपाङ्ग योद्धाले आफूहरुको जीवन निर्वाह भत्ता दोब्बर गर्नुुपर्ने, सहज र सुलभ उपचारको व्यवस्था गर्नुपर्ने, पूर्ण सहुलियतसहितको राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्नुपर्ने, राजनीतिक नियुक्तिमा घाइते, अपाङ्गलाई प्राथमिकता दिनुपर्ने र जीवन निर्वाह भत्तालाई पेन्सनमा रुपान्तरण गर्नुपर्ने माग गरेका थिए । रासस

LIVE TV