१२ भाद्र २०७३, आईतवार

शिक्षा ऐन ९आठौँ संशोधन० ले आफूहरु अन्यायमा परेको भन्दै अस्थायी शिक्षकले आज विरोध ¥याली गरेका छन् ।
Image result for अस्थायी शिक्षक
¥यालीमा सहभागी अस्थायी शिक्षकले ‘२०६३ सालकै शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने’, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनुपर्ने’, ‘उमेर हदका कारण अवकाश भएका शिक्षकलाई समेत सुविधा दिनुपर्ने’ जस्ता माग लेखिएका प्लेकार्ड बोकेका थिए ।

¥यालीपछि आयोजित कोणसभामा सभालाई सम्बोधन गर्दै अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने र प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने, यसो नगरिए आफूहरु सशक्त आन्दोनल गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “२०६३ सालको ऐन कार्यान्वयन, सर्वोच्च अदालतको परमादेश र अस्थायी शिक्षकसँग भएका विगतका सहमति कार्यान्वयन नभए वारपारको आन्दोलन गर्नेछौँ ।”

कार्यक्रममा ३५ जिल्लाका करिब एक हजारभन्दा बढी अस्थायी शिक्षकको सहभागिता थियो । देशभर करिब ३० हजार अस्थायी शिक्षक छन् । रासस

LIVE TV