१२ भाद्र २०७३, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । आयातीत खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट करोडौँ रुपैँया बाहिरिने भन्दै मन्त्रालयले आइतबार खादाको प्रयोग नगर्न निर्देशन दिएको हो ।

Image result for विदेशी खादा
मन्त्रालयले आफू मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमलगायत ४० वटा निकायलाई परिपत्र गर्दै स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएको मन्त्रालयका सचिव सचिव प्रेमकुमार राईले वताउँनुभयो ।
खादा प्रयोग गर्नु परेमा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय खादाको प्रयोगका विषयमा ब्यापक बहस भइरहेको छ ।

LIVE TV