१२ भाद्र २०७३, आईतवार

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रलाई अझ बढी सक्षम बनाउन कानुन व्यवसायीलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

Image result for सुशीला कार्की

पुनरावेदन बार एकाइ र मोरङ बार विराटनगरले संयुक्त रुपमा यहाँ आज उहाँको सम्मानमा आयोजित कार्यक्रममा उहाँले न्याय क्षेत्रमा भइरहेको ढिलासुस्तीका कारण जनताको न्यायमा पहुँच घटेको धारणा व्यक्त गर्नुभयो । उहाँले न्याय परिषद् ऐन संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको र नयाँ ऐन अनुसार अनुगमन र कारबाही गर्न सजिलो हुने जानकारी दिनुभयो । उहाँले आपूm न्याय क्षेत्रमा शून्य सहनशीलता कायम गराउन लागिपरेकाले भ्रष्टाचारीलाई सबै पक्षले दुरुत्साहन गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले संविधान कार्यान्वयन गराउन न्याय क्षेत्र क्रियाशील भएर लागिपरेको र यसका लागि पूर्ण इजलासले विभिन्न निर्णय गरेको तथा कानुन निर्माणका लागि पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले उच्च अदालतलाई अत्यन्त निष्पक्ष, स्वतन्त्र, निर्भीक र बढी जिम्मेवारी बनाउने तयारी गरिएको र त्यसबाट सर्वोच्च अदालतमा मुद्दाको चाप घटाइने बताउनुभयो । कार्यक्रमका सहभागीले प्रधानन्यायाधीश कार्कीले सुरु गरेको न्याय क्षेत्र सुधारका कार्यक्रमलाई सघाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । रासस

LIVE TV