१२ भाद्र २०७३, आईतवार

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २० मा रहेको रामजनकी शान्ति वृद्धाश्रामको अवस्था निकै नाजुक छ  ।  २०५६ सालमा सहाराविहीन अवस्थामा रहेका वृद्धाहरुलाई सहज होस् भन्ने उद्देश्यले भक्तपुर निवासी श्रीमती शारदा पोख्रेलले वृद्धाश्रमलाई जग्गा उपलब्ध गराएपछि भवन निर्माण गरिएको थियो । तर अहिले सहाराविहीन वृद्धाहरुलाई आश्रय दिदै आएको आश्रम सञ्चालनमा सरकारी सहयोग न्युन भएपछि कठिनाइ भएको छ ।

Image result for इटहरी
इटहरी उपमहानगरपालिकाले समेत वेवास्ता गरेको यो आश्रम दाताहरुले दिएको सहयोगको भरमा सञ्चालन भैरहेको आश्रम सञ्चालक समितिकी उपाध्यक्ष लक्ष्मी खडकाले जानकारी दिनुभयो । रामजानकी मन्दिर छेउमा सञ्चालन भएको सो आश्रम  सञ्चालनका लागि मासिक रुपमा ३० देखि ५० हजार लाग्ने उपाध्यक्ष खड्काको भनाई छ । अहिले आश्रममा ६ जना वृद्धाहरु आश्रित रहेका छन् ।  ८ जना रहेकोमा दुईजनाको निधन भइसकेको उपाध्यक्ष खड्काको भनाई छ । लोडसेडिडको समयमा वृद्धवृद्धाहरुको हेरचाह होस् भनेर ४० हजार रुपैयाँमा जिल्ला जनस्वास्थ्य कार्यालयले इन्भर्टर जोडिदिएपछि अहिले केही सहज भएको हेरचाहमा संलग्नहरु बताउछन् । वृद्धाहरुको हेरचाह गर्नकैलागि दुईजना महिला कर्मचारी राखिएको  छ । उनीहरुको तलब र वृद्धाहरुलाई लालनपोषन, लत्ता कपडा गरेर कहिले मासिक ५० हजारसम्म खर्च हुने गरेको छ । तर नेपाल सरकारले बार्षिक ३ लाख सहयोग बाहेक अरु सहयोग नगरेपछि दाताको सहयोगबाट मुस्किलले वृद्धाश्रम सञ्चालन भैरहेको उपाध्यक्ष खड्काको भनाई छ ।
आश्रममा अहिले देवीमाया अधिकारी, इन्दिरा सुवेदी, फुलमाया चौधरी, शोभा राई, पम्फादेवी रोक्का क्षेत्री र लिलादेवी चौधरी रहनु भएको छ । २५  जनासम्म बस्न मिल्ने भवन निर्माण भए पनि आर्थिक अभावका कारण बढी राख्न नसकिएको खड्काले बताउँनुभयो ।

LIVE TV