१२ भाद्र २०७३, आईतवार

सुमन रायमाझि र सुशिला खाँण रायमाझिको तस्विरलाई मिस युज गरीएको खुल्न आएको छ । गायक खेम राज गुरुङको अल्पायुमै मृत्युमा खुशियाली मनाउने भन्दै ट्वीट गर्ने रीता सिलवाल नामको अकान्ट बाट पोष्ट गरीएको थियो । यसरी मृतक गुरुङ प्रति अपशब्द ट्वीट गर्ने रीता सिलवालको नाम केही समयपछि सिला खाँण नाममा परिवर्तण गरीएको थियो ।

vlcsnap-2016-08-28-14h01m24s299
जुन तस्विर र नाम सुमन रायमाझि र श्रीमती सुसिला खाँण रायमाझि दम्पतिको खुल्न आएको छ । उनिहरुले मृतक गुरुङको निधन प्रति दुःख ब्यक्त गर्दै उक्त ट्वीटर युजरहरुले आफ्नो तस्विर र नाम मिसयुज गरेको बताएका छन् । आफ्नै ब्याबसाय समालेर बसेका रायमाझि दम्पतीले उनीहरुको ट्वीटर अकाउन्टनै नरहेको बताए । आफ्नो चरित्र हत्या भएकोले कानुनी उपचारका लागी प्रहरी समक्ष निबेदन दिने र अपराधीलाई कानुुनको दायरामा ल्याउने बताउँदै न्युज २४ नेपाल टेलीभिजनलाई पनि धन्याबाद दिए ।

LIVE TV