११ भाद्र २०७३, शनिबार

नेपाली हिन्दू महिलाहरूको ठूलो चाड तीज सुरु हुन एकसाता बाँकी रहँदा काठमाण्डौलाई भने तीजको रौनकले छपक्कै ढाकेको छ । तीजको अवसर जुटाएर रमाइलो गर्न र भावना साटासाट गर्ने विषयमा तराईका महिलाहरु पनि अघि सरेका छन् ।

Image result for काठमाडौंमा तीजको रमाइलो
नेपाली भाषा सँस्कृति र मौलिक चाड पर्वलाई माया गर्नु पर्छ भन्ने उद्देश्य रहेको एक अत्यन्तै पृथक कार्यक्रमबीच जनकपुरीया तीज तिजीयाको दर तथा ओठगमन कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तीजको उपलक्ष्यमा जनकपुरीया समाजले यो अवसर जुटाएको हो । तीजको रमाईलो माहोलकाबीच सम्पन्न उक्त तीज विशेष साहित्यिक कार्यक्रममा तीजगीतमा नाचगानका साथै सबैलाई दर पनि खुवाईएको थियो । कार्यक्रममा उपस्थित महिलाहरुले तीज महिलाहरुको विशेष पर्व भएकाले भेटघाट गरी सुखदुःख बाड्ने महत्वपूर्ण अबसर भएको बताएका थिए ।
तीज सुरु हुनअघि नै तीज कार्यक्रम राख्ने र नाचगान गरि दर खाने कार्यक्रममा विभिन्न समुदायको समेत बाक्लो उपस्थिति रहन थालेपछि अब तीज पर्व सबै हिन्दू महिलाहरुको साझा पर्व बनेको छ । महिनौँ अघिदेखि दर खाने प्रचलनलाई केहिले भने विकृति भएको बताए ।
उनीहरुले तिजलाई विकृति नभई सभ्यताका साथ मनाउनुपर्ने धारण राखेका थिए । कार्यक्रमममा विभिन्न समुदायका महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी मैथिली महिलाहरुले आफुहरुले तीज नभई तीजीयाको नामले यस पर्वलाई मनाउने गरेको बताए ।
बिभिन्न जातजातिका समुदायले जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा सबै समुदायलाई समेटेर नाचगान गरेर तीज मनाउन थालेसंगै एक किसिमको एकताको भावना समेत उजागर हुन थालेको छ ।

LIVE TV