११ भाद्र २०७३, शनिबार

उपचारक्रममा निधन भएका पत्रकार सुर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । स्वर्गीय क्षेत्रीको नावालक छोराको शिक्षादीक्षा र स्मृतिमा प्रेस युनियन काठमाडौ शाखाले अक्षय कोष स्थापना गरेको हो ।
download (2)
श्निवार नेपाल प्रेस युनियन काठमाडौ जिल्ला समितिले क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना गरेको हो । नेपाल प्रेस युनियनका सचिव समेत रहेका क्षेत्रीको गत वैशाखमा निधन भएको थियो । ब्रेन ट्युमरवाट पीडित क्षेत्रीको एक मात्र छोरा कक्षा ८ मा अध्ययनरत छन् । उनको अध्ययनमा सहयोग पुग्ने युनियनले जनाएको छ । कार्यक्रममा वक्ताहरुले राज्यलाई योगदान पु¥याएका व्यक्तिहरुकोे वेवास्ता गरेको बताउदैै निधनपश्चात आश्रित परिवारको राज्यले नै अक्षय कोष स्थापना गर्नु पर्ने बताएका थिए । अक्षय कोषका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दम्पत्तिले एक लाख रुपैयाँ सहयोग गरेको छ । स्वर्गीय क्षेत्रीले धानको सिरौला, डाली पलायो, सुन्तला फूल खेल्दै आयोलगायतका लोकगीतहरुको संकलन पनि गरेका थिए ।

LIVE TV