११ भाद्र २०७३, शनिबार

टर्कीस् सशस्त्र बलले उत्तरी इराकी नगर कुर्दिसमा आइएस्का आतङ्ककारी विरुद्ध हवाई आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

Image result for इराकमा टर्कीस् सेनाको कारबाही

गत महिना टर्कीमा भएको सैनिक ‘कु’ को प्रयासपछि उत्तरी इराकमा टर्कीको सेनाले पटक पटक हवाई आक्रमण गर्ने गरेको बताइएको समाचारमा उल्लेख गरिएको छ ।

यस आक्रमणमा परी दर्जनौँ लडाकू मारिएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । तर के कति सङ्ख्यामा लडाकू मारिएका छन् भन्ने बारेमा भने केही पनि बताएका छैनन् ।

उत्तरी इराकको कुर्दिस्का साथै हर्कुक क्षेत्रमा पनि कुर्दिस बर्करस् पार्टी ९पिकेके० का विरुद्धमा लक्षगरी कैयौं लडाकू विमानले हवाई आक्रमण गरिरहेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ ।

राज्यद्वारा सञ्चालित अनादोलु समाचार समितले टर्कीको सुरक्षाबलाई उद्धृतगर्दै सो जानकारी दिएको समाचारमा उल्लेख छ । ती क्षेत्रहरुमा पछिल्ला केही समययता आइएसका क्रियाकलापहरु बढ्दै गएकोले कडा निगरानी राख्ने गरिएको छ । रासस÷एएफपी

LIVE TV