११ भाद्र २०७३, शनिबार

सभामुख ओनसरी घर्तीमगरले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको विषयमा आदिवासीको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको समेत बताउनुभएको छ ।

Image result for सभामुख ओनसरी घर्ती
आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घर्तीमगरले अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने जिकिर गर्नुभयो । सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

LIVE TV