११ भाद्र २०७३, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्यमी व्यवसायीले राज्यलाई कर तिर्ने प्रमुख २५ कर दाताहरुको सूचीमा मुलुकको व्यापारिक घराना तथा उद्योग प्रतिष्ठान पर्न नसक्नु दुःखद र आश्चर्यजनक विषय भएको बताएका छन् । उनीहरुले मुलुकका प्रमुख व्यापारिक घराना र उद्योग व्यवसायीको सम्पत्ति पारदर्शी हुनुपर्ने धारणा समेत राखेका छन् ।

Image result for स्वर्गीय इन्द्रभक्त श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष इन्द्रभक्त श्रेष्ठको ९३ औँ जन्मजयन्तिका अवसरमा आयोजित विशेष कार्यक्रममा उद्योगी व्यवसायीहरुले निजी क्षेत्रको उत्तरदायित्व र प्रतिष्ठालाई समाजका सामु उच्च राख्नुपर्ने बताएका छन् ।महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र निष्ठा कायम हुन सकेमा मात्र निजी क्षेत्रले आफनो पहिचान स्थापित गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वर्गीय इन्द«भक्तको व्यवसायिक जीवनमाथि प्रकाश पार्दै निजी क्षेत्रको एकतामा जोड दिनुभयो ।
महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले आफनो पिता इन्द«भक्त श्रेष्ठले मुलुकको उद्योग व्यापार स्थापना गर्नको लागि निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालय अन्तर्गत हरेक वर्ष एमबीबीएस अध्ययनका लागि दुई जनालाई पूर्ण छात्रवृत्तिको लागि एक करोड रुपैया बराबरको इन्द« भक्त छात्रवृत्ति कोषको घोषणा गरिएको थियो । कार्यक्रममा इन्द«भक्त श्रेष्ठकी पत्नीले इन्द«भक्त सङ्ग्राहालयको उद्घाटन समेत गर्नुभएको थियो ।

LIVE TV