११ भाद्र २०७३, शनिबार

चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । चितवन उद्योग वाणिज्य संघका प्रतिनिधिले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

Image result for उद्योगी प्रधानमन्त्री भेट 
शक्तिखोरमा हाल दुई हजार पाँच सय बिगाहा जग्गा रहेको भन्दै प्रतिनिधिमण्डलले जग्गाको संरक्षण, औद्योगिक क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि पनि उपयुक्त थलो रहेको बताएको थियो । यस्तै प्रतिनिधिमण्डलले चितवनमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनामा पनि सहयोग गरिदिन आग्रह गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहपछि प्रधानमन्त्री दाहालले चितवनलाई औद्योगिक नगरी बनाउने विषय रणनीतिक महत्वको विषय भएकाले त्यसलाई पूर्ण सहयोगका साथ अगाडि बढाउन आफू तयार रहेको बताउनुभएको थियो ।

LIVE TV