११ भाद्र २०७३, शनिबार

यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भयो । साताको अन्तिम दिन विहीबार सार्वजनिक विदा भएकाले कारोबार भएन । बुधबार शेयर बजारमा १ अर्बमाथिको शेयर कारोबार भयो । नेप्से परिसूचक ४८ दशमलव ७६ अंकले बढेर १ हजार ७ सय ३० दशमलव ६२ अंकमा कायम भयो ।

Image result for शेयर बजार
गत साताको अन्तिम दिन नेप्से परिसूचक १ हजार ७ सय ३५ दशमलव ०६ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साताभरमा नेप्से ४ दशमलव ४४ अंकले घटेको छ । साताको अघिल्लो तीनै दिन घटेको शेयर बजार बुधबार मात्रै बढेको हो । साताको सुरुको दिनदेखि बजार क्रमिक रुपमा सुधारमा थियो । आइतबार ६८ करोडको मात्रै कारोबार भएको बजारमा सोमबार ८६ करोडको कारोबार भयो भने मंगलबार ८८ करोडको कारोबार भयो । तीनै दिन १ अर्बभन्दा मुनिको कारोबार भएको बजारमा बुधबार भने १ अर्बमाथिको कारोबार भयो । समग्रमा साताभर झन्डै साढे ३ अर्बको मात्रै कारोबार भयो । यो साता नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । साताभरमा यो बैंकको २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार जम्मा ३० कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति बढाए । सोमबार सो संख्या ९ मा झर्यो । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने बुधबार बजार ह्वात्तै बढेपछि धेरै जसो कम्पनीको शेयरमूल्य बढ्यो । सो दिनमा ५ वटा बीमा कम्पनीसहित ६ वटा कम्पनीो शेयरमूल्य १० प्रतिशतले बढ्यो । यो साता शेयर कारोबारको सुरुवात निराजनक रुपमा भएपनि क्रमिक रुपमिा सुधार आएको देखिन्छ । यसै साता पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डले विभिन्न निर्णयहरु लिए । नेप्सेले अक्सन कार्य्विधि, ट्रेण्ड ग्यारेण्टी फण्ड विनियमावली र सूचीकरण विनियमावली बनायो । सूचीृत कम्पनीलाई सूचीकरण नविकरण समयमै गराउन निर्देशन दिइयो । धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर नपरेको रकम फिर्ता भुक्तानी बैंक खाता मार्फत गर्ने सम्बन्धमा सम्पूर्ण शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक तथा सुचिकृत कम्पनीहरुलाई कडा निर्देशन जारी गर्यो । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई तीन दिन भित्र सेवा प्रदान गर्न निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई ९ बुँदे निर्देशन दियो । यी सबै कदमहरुका कारण आगामी सातको शेयर बजारमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।

LIVE TV