११ भाद्र २०७३, शनिबार

01

बागमती सरसफाई महाअभियानको १७२ औं साता पुरा भएको उपलक्ष्यमा ‘जलजात्रा’नामक कन्सर्ट सम्पन्न भएको छ । बागमती नदिलाई सफा राख्नु पर्छ भन्ने जनचेतना जगाउने उदेश्यले  गुह्वेश्वरीको किनारमा सम्पन्न गरीएको ‘जलजात्रा’ कन्सर्टमा गायक गायिकाहरुले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । साथै कुटुम्ब ब्याण्डले पनि आफ्नो प्रस्तुतीलाई दह्रो रुपमा प्रस्तुत गरेको गर्योे । कुटुम्ब ब्याण्डको प्रस्तुतीले उपस्थित भएका सबैलाई नचाएका पनि थिए ।
नेपाल नदी संरक्षण संस्थाको अध्याक्ष मेघ आलेका अनुसार ‘जलजात्रा’नामक कन्सर्ट पहिलो पटक आयोजना गरीएको बताएका छन् । उक्त ‘जलजात्रा’नामक कन्सर्टले सबै जनतामा सकारात्मक सोचको बिकास गर्नका साथै बागमती सरसफाई अभिनयमा जनचेतना फैलाउने बताउँछन् ।

02
बागमती सरसफाई महाअभियानले गोकर्ण हुँदै बग्दै आउने बागमती नदि सफा हुँदै जानुमा निकै सहयोग पुर्याएको छ । पहिले र अहिलेको तुलनामा बागमती नदि धेरैनै सफा भएको अभियान्ताहरु बताउँछन् । बागमती नदि पहिले र अहिलेको तुलनामा निकैनै पविर्तन भएको बागमती सरसफाई अभियान्ता उत्तम पुडाशैनीले बताउँछन् ।

0232

LIVE TV