१० भाद्र २०७३, शुक्रबार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले राष्ट्रिय राजनीतिमा रहेका चुनौतीहरु सामना गर्न सबै अघि बढ्नुपर्ने बताउनुभयो ।

Image result for प्रकाशमान सिंह
नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले स्व. सिंहको योगदानको चर्चा गर्नुभएको हो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको जति नै चर्चा गरेपनि कम हुने बताउनुभयो । महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको जिकिर गर्नुभयो ।
नेता सिंहले महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभएको धारणा राख्नुभयो । नेपाल महिला संघले आफ्नो संस्थापक नेताको स्मृतिमा देशभर आज विभिन्न कायक्रम आयोजना गरेको हो ।

LIVE TV