१० भाद्र २०७३, शुक्रबार

पाल्पा तानसेन स्थित श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्राले १ सय ९८ वर्षदेखि निरन्तरता पाएको छ । हरेक बर्ष जस्तै यस वर्ष पनि भाद्र कृष्ण नवमीका दिन सिन्दुर जात्रा गरी रथयात्रा गरिएको छ । वि.सं. १८७१÷७२ को नेपाल–अंग्रेज यद्धमा नेपाली फौजले जितेको र अंग्रेजले हारेको खुसियालीमा हरेक बर्ष भगवतीको रथयात्रा निकाल्ने चलन रहिआएको छ ।

Image result for भगवती जात्रा ÷ पाल्पा 
भाद्र कृष्ण अष्टमीको सांझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तिन पटक मन्दिर घुमाइ नगर परिक्रमा गराईन्छ । दिउसो साढे १२ बजे बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा प्रथम पूजा दिने चलन छ । त्यसपछि व्यवस्थापन समिति, नेपाली सेना, प्रहरी प्रशासनबाट पूजा गर्ने गरिन्छ । अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जीतगढी विजय गरेको इतिहास छ । लडाईमा जानुअघि तानसेनमा तत्कालीन तैनाथ कर्नेल थापाले भगवती मन्दिरमा भाकल गरेर गएका थिए । ‘युद्धमा विजयी भएमा विशाल मन्दिर बनाएर सिन्दुरजात्रा गर्ने’ भाकल गरे अनुसार सोही बर्ष देखि निरन्तर जात्रा हँुदै आएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनु भयो ।युद्ध जितेपछि १८७७ देखि भगवतीको मुर्तिलाई रथमा राखेर सिन्दुरयात्रा सहित बजार परिक्रमा सुरू गरेका हुन् । अहिले यसको गरिमा र महत्व झनै बढेर गएको हो । राष्ट्रियताको भाव त्यसबेला दिएकाले अहिले झनै सम्झन योग्य छ । रथयात्रासगै ¥याली तथा झाँकीमा निजामती कर्मचारी, सैनिक, प्रहरी, विद्यालय, स्थानीय टोल विकास संस्था, संघसंस्थाको सहभागीता रहने गर्छ । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसग लडाई भएको थियो । ती मध्ये जीतगढीमा मात्र नेपाली फौजले बिजयी हासिल गरेको खुसीयालीमा कर्णेल उजिरसिंहले भगवतीको मन्दिर बनाएर रथयात्रा (सिन्दुर जात्रा) सुरु गराएका हुन् ।

LIVE TV