१० भाद्र २०७३, शुक्रबार

भारतीय टेलिभिजन सोमा तहल्का मच्चाइ रहेको नेपाली टोली वाइल्ट रिपर्सले भोटिङ्ग राउण्डमा प्रवेश पाएको छ । नेपालका प्रमुख शहर काडमाण्डौ, वुटवल र धनगढीका डान्सरहरु सहभागी रहेको नेपाली डान्स गु्रपले भारतीय टेलिभिजन स्टार प्लसबाट प्रशारण हुने डान्स प्लसमा दरिलो प्रस्तुति पस्कदै, एक पछि अर्को सफलता पाइरहेको छ ।

the-wild-ripperz
हजारौँ प्रतिष्पर्धिलाई पाखा लगाउँदै अडिसन राउण्डको टप ३० मा स्थान बनाएकोे वाइल्ट रिर्पसले भारतीय टेलिभिजन सोमा तहल्का मच्चाइ रहेका छ । उनिहरुको प्रस्तुतिका कारण निर्णायकले सर्वोत्कृष्ट प्रदर्शन मात्र भन्न बाध्य छैनन् डबल प्लसमा पहिलो पटक ह्याट्रिक पाउने पहिलो टिम समेत बन्न सफल भएका छन् ।
भोटिङ्गंका लागि मिसकल गरे पुग्ने व्यवस्था छ । त्यसका लागि नेपाली टिमको कोड नम्बर १८००८३३३३४९ नम्बमा मिस्कल गर्न नेपाली टिमले सबै सँग आग्रह गरेका छन् । इण्डियाज वेस्ट डान्सर २०१६, इण्डियाज विगेस्ट फेस २०१५,अल नेपाल स्ट्रिट डान्स नेपाल लगाएत थुप्रै उपाधि जिती सकेको वाइल्ट रिर्पस यस पाली भने डान्स प्लसको उपाधि कब्जा गर्ने होडमा छ । नेपालको हिप अप डाण्स समुह, वाइल्ट रिपर्स लाइ बि बोइङ्गले पनि चिनिन्छ । यो गु्रपमा २१ वर्षका वृद्ध लामा, २४ वर्षका रोहन सिहं, २३ वर्षीय किरण थापा, २० वर्षीय किरन राइ लगायत सहभागी छन् । यस्तै २१ वर्षीय सन्तोष दर्जी,२३ वर्षका साउल जेम्स बोदी, २१ वर्षका सागर राई, २१ वर्षकै सुमन तामाङ्गका साथ १९ वर्षका सुरज थापा मगर छन् ।

LIVE TV