१० भाद्र २०७३, शुक्रबार

उपराष्ट्रपति नन्दबहादुर पुनले आम गरिब किसानसम्म प्रविधि पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले कृषि क्षेत्रमा आमूल परिर्वतन गर्न प्रविधिको पहुँच सर्वत्र पु¥याउनु पर्ने बताउनुभयो ।

Image result for उपराष्ट्रपति नन्दबहादुर पुन
काठमाडौ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा निर्माण गरिएको कोइका–अप्पा हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान तथा तालिम केन्द्रको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशको समृद्धि र जनताको आर्थिक सक्षमताका लागि कृषि क्षेत्रमा परिर्वतन जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले अहिले पनि गरिब किसान प्रविधि र ज्ञानको सवालमा बेखबर जस्तै रहेको बताउनुभयो । उहाँले प्रविधिको कुरा सरकार र विश्वविद्यालयले सिकाउन आवश्यक रहेको बताउनुभयो ।

LIVE TV