१० भाद्र २०७३, शुक्रबार

अनुगमनपछि देखिएको फितलो कार्यान्वयनका कारण कालोबजारी गर्ने व्यापारीहरुले उन्मुक्ति पाएको चर्चा व्यापक बनेको छ । अझ कालोबजारी गर्ने व्यापारीहरु स्वयं अनुगमनको विरोधमा उत्रिएपछि अनुगमन कार्य प्रभावकारी नबनेको चर्चा पनि उत्तिकै छ । तर यता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले भने अनुगमनलाई तीव्रता दिइए सगै उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेको दाबी गरेको छ ।

Image result for आपूर्ति व्यवस्थापन
आपुर्ति मन्त्रालय र आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले साउन ३१ गतेदेखि बजार अनुगमनलाई विशेष अनुगमनको अभियानका रुपमा सुरु गरेको थियो । सात दिनको विशेष अभियानअन्तर्गत अनुगमनमा पौने २ सय व्यावसायिक फर्ममा अनुगमन गरी ४१ फर्म सिलबन्दी गरेको थियो । तर, सिलबन्दी गरेका फर्मलाई प्रक्रिया नप¥याई खुला गर्ने व्यापारी तथा व्यवसायीहरुलाई कारवाही प्रक्रिया पनि सुरु गरेको विभागले जनाएको छ । सात दिनको विशेष बजार अनुगमनको क्रममा करिव २५ देखि ३० व्यवसायीहरुलाई कारबाही गरेको आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक निर्देशक गोकुलप्रसाद धितालले बताउनु भयो ।
बजार अनुगमनले तीब्रता पाएसंगै बजार उपभोक्तालाई ठगी गर्ने व्यवसायीहरुलाई कडाई गर्नु पर्ने आवाज सर्वत्र उठेको पनि छ । बजार अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मुल्यवृद्धि तथा उपभोक्ता ठगीलाई रोक्न सरकार तथा निजीक्षेत्र, उपभोक्ता संस्था, राजनीतिक दल, आम उपभोक्ता, नागरिक समाजसमेतको सहकार्य र समन्वय हुनु आवश्यक देखिन्छ ।

LIVE TV