१० भाद्र २०७३, शुक्रबार

निर्देशक डब्बु क्षेत्रिले फिल्म ‘युनिटी’निर्माणको घोषणा गरेका छन् । अयोजीत एक कार्यक्रममा निर्देशक क्षेत्रीले ठगी धन्दा र पत्रकारहरुको वास्तवीक कथालाई समेट्ने फिल्म ‘युनिटी’को औपचारीक घोषणा गरेका हुन् ।

04
‘युनिटी’फिल्मको कथा र पटकथा उज्वल जंग शाहले लेखेका हुन् । कथालेखक शाहका अनुसार फिल्मले राजनीतीक चलखेलको आडमा हुने भ्रष्टचार र माफियातन्त्र बिरुद्ध मिडियाहरुले गर्नु परेको संघर्षको कथालाई पर्दामा उतारीने भएको छ । साथै मुलुकमा बिद्यामान पिरामीड शैलीमा नेटवर्किङ ब्यावशायमा  करीब १५ लाख नेपालीहरु कसरी ठगीए भन्ने कुरालाई उठान गरीने भएको छ । त्यस्तै पत्रकारहरुले आफ्नो पेशामा भोग्नु पर्ने विभिन्न चुनौती र आफ्नो ब्यक्ति गत जीवनमा आउने लभस्टोरीको कथा सहीत विभिन्न गतीवीधीलाई पर्दामा प्रस्तुत गरीने भएको छ ।
फिल्मलाई सिने मनबल ईन्टरप्राईजेज प्राली र कर्पोरेट म्यागाजीनले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मको गीत संगीतलाई हर्कुलस बस्नेतले संगीत बद्ध गर्नेछन् । त्यस्तै फिल्ममा शैलेन्द्र सरद र निर्देशक क्षेत्रीको गीत रहने भएको छ । कुमार महर्जनले द्धन्द निर्देशने गर्ने भएका छन्, भने फिल्मका सम्पादन शक्ति प्रज्वल गीरीले गर्नेछन् । त्यस्तै फिल्मको छायाङकन काठमाडौं उपत्याका र सर्लालीमा हुने भएको छ । ‘युनिटी’फिल्मको निर्माताको रुपमा लक्ष्मी प्रशाद ढकाल रहेका छन् । कार्यक्रममा उपस्थित निर्माता ढकालले बिदेशमा नेपाली कलाकारहरुको सम्मान नहुने बताउँदै बलिउड कलाकारहरुको उदाहरण पनि दिए । बलिउड कलाकारहरुको कार्यक्रम जस्तै नेपाली कलाकारहरुको कार्यक्रमलाई पनि बिदेशमा प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए । साथै निर्माता ढकालले अमेरीका र बेलायतको फिल्म शोबाट १५–२० लाख कमाई गर्यो भन्ने समाचार हल्ला मात्र रहेको जानकारी गराउँदै उनले अमेरीका र बेलायतको शोबाट ४–५ लाख सम्म मात्र कमाई हुने निर्माता ढकालले जानकारी गराए ।

01
‘युनिटी’फिल्मको घोषणा कार्यक्रमकै अवसरमा उक्त फिल्मको काल्पनीक लोगो पनि देखाईयो । असोजबाट फिल्मको छायाङकन सुरु हुने निर्माण पक्षले जानकारी गराए । फिल्मको औपचारीक घोषणा हुदै गर्दा कलाकारहरुको नाम भने खुलाईएन । फिल्मको सुटिङ सँगै कलाकारहरुको नाम सार्वजनीक गरीने निर्माण पक्षको भनाई छ । कार्यक्रममा उपस्थित अतिथीहरुले फिल्म ‘युनिटी’को सफलताको शुभकाना पनि दिए ।
‘युनिटी’फिल्मलाई लक्ष्मी प्रसाद ढकालको निर्माणमा रंग पत्रकार डब्बु क्षेत्रीले निर्देशन गर्दैछन् । उनले यो भन्दा पहिले नै राहदानी नामक फिल्मलाई निर्देशन गरीसकेका छन् । निर्देशक क्षेत्रीले निर्माण हुन लागेको फिल्मको बारेमा बोल्दै निर्माता ढकालसँग पुनः सँगै काम गर्न पाएकोमा खुशि ब्यक्त गरे ।

02

03

LIVE TV