१० भाद्र २०७३, शुक्रबार

नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलले संविधानअनुरुप शिक्षालाई सर्वसुलभ र सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनीराम पौडेलको लागि तस्बिर परिणाम

सिंहदरबारमा आज पद बहालीपछि मन्त्री पौडेलले अघिल्लो शिक्षामन्त्रीले सार्वजनिक गर्नुभएको १८ बुँदे प्रतिबद्धताअनुसार केही कार्यान्वयन भइसकेका र हुन बाँकी कार्यक्रमलाई आफूले निरन्तरता दिने बताउनुभयो ।

सङ्घीय संरचनाअनुरुप विद्यालय तथा शिक्षाको स्वरुपलाई परिवर्तन गर्दै लैजान आफू प्रतिबद्ध रहेको बताउँदै आफू मातहतका निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले भन्नुभयो–“भूकम्पपछिको विद्यालयको पुनः संरचनालाई पनि निरन्तरता दिने कार्यलाई प्राथमिकतामा राखेको छु ।”

विसं २०२३ कात्तिक ४ गते स्याङ्जाको दरौँमा जन्मनुभएका मन्त्री पौडेलको स्थायी बसोबास भने चितवन माडी–६, नयाँ पिपरिया रहेको छ ।
समाजशास्त्रमा स्नातक अध्ययन गर्नुभएका मन्त्री पौडेलले २० वर्ष पत्रकारिता गर्नुभएको थियोे । रासस

LIVE TV