१० भाद्र २०७३, शुक्रबार

अभिनेता राजेश हमालको फिल्म ‘शकुन्तला’ उपत्याका बाहिर हिजै बाट दर्शकमाझ रीलीजमा आए पनि उपत्यका भित्र भने आज बाट दर्शकमाm प्रस्तुत भएको छ । फिल्ममा अभिनेता हमालले अहिले सम्मकै भिन्न गेटअपमा अभिनय गरेका छन् । अभिनेता हमालको अहिले सम्मकै फरक गेटअपका कारण फिल्मको पब्लिसिटिले निकै प्राथमिता पाउनका साथै दर्शकहरुको ध्यान तानीरहेको थियो । फिल्ममा हमालले महिलाको भुमिकामा अभिनय गरेका छन् ।

Rajesh-Hamal-featuring-Shakuntala-Movie-Poster
ग्रीनहील भिएफएक्सको ब्यानरमा ‘शकुन्तला’फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै फिल्मको स्क्रीप्ट पनि निर्देशक श्रेष्ठ आफैले लेखेका हुन् । फिल्मको गीत संगीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन् । त्यस्तै माईकलको नृत्य निर्देशन तथा अष्ट महर्जनको द्धन्द निर्देशन रहेको छ ।
फिल्मको निर्माताको रुपमा महेश्वर खत्रि र श्रृप्सा खत्रि रहेका छन् । त्यस्तै फिल्ममा बिश्व राज श्रेष्ठ र भाष्कर प्रधानको पनि लगानी रहेको छ । फिल्मलाई गोपाल कायस्थ र एफडि कम्पनीले बितरण गरेका हुन् । फिल्ममा राजेश हमाल,किशोर खतिवडा,रबीन्द्र बस्नेत,स्मृति श्रेष्ठ,अनु शाह,रबी गीरी,प्रदीप ढकाल, राज कुमार थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
गत शुक्रबार रीलीजमा आएका दुई फिल्म बिर बिक्रम र चपली हाईट २ ले दर्शकहरुको साथ पाईरहँदा अपेक्षित रुपमा यो शुक्रबार बाट उपत्याकामा दर्शकमाझ रीलीज भएको ‘शकुन्तला’फिल्मले भने कम संख्यामा हल पाएको छ ।

maxresdefault
त्यस्तै यसै बिहिबार बाट बलिउड फिल्म अ फ्लाईङ्ग जट पनि दर्शकमाझ प्रस्तुत भएको छ । फिल्मलाई बालाजी फिल्म्सको ब्यानरमा एकता कपुर र शोभा कपुरले निर्माण गरेका हुन् । फिल्ममा टाईगर श्रफ,ज्याकलिन फर्नाण्डेज र श्रद्धा कपुरको अभिनय रहेको छ । टाईगर श्रफ अभिनीत तेस्रो फिल्मको रुपमा अ फ्लाईङग जट रहेको छ । यस फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।
त्यस्तै यसै साता बाट हलिउड फिल्महरु डोन्ट ब्रिद , मेकानीक रेसुर्रेक्शन र ह्याण्डस्को अफ स्टोन पनि दर्शक माझ रीलीजमा आएका छन् ।

fyjhfgtyhj

LIVE TV