१० भाद्र २०७३, शुक्रबार

वारी जमुना पारी जमुना बोलको गीतको गायक हामीबाट अलबिदा भएका छन् । अहिले गायक गुरुङको पार्थिब शरिरलाई महाराजगंजको टिचिङ अस्पतालमा राखिएको छ । संगीतकार लक्ष्मण शेषका अनुसार गायक गुरुङको आमा र दिदी बेलायत बाट आएपछि मात्र उनको अन्तिम संस्कार गरेने भएको छ । गायक गुरुङका दुई छोरा रहेका छन् ।

Image result for khem raj gurung
गायक गुरुङ विगत ११ दिनअघि जन्डिस बिग्रेपछि गुरुङलाई चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई स्याहार्न उनकी पत्नी हङकङबाट आएकी थिइन् । उनलाई आसियुमै राखिएको थियो ।
नभन्दै कलेजो प्रत्यारोपणका लागि उनलाई एअर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पतालमा लैजाने योजना भईरहेको थियो । बिहीबारको बिहानदेखि उनी भेन्टिलेटरमा थिए । बिहीबार दिउँसो दिल्ली उडाउने तयारी पनि थियो । पछि डाक्टरहरुले स्वास्थ्यमा केही सुधार आएमा मात्र दिल्ली लैजान मिल्ने बताएपछि उक्त योजनालाई रद्द पनि गरीएको थियो ।
धेरै संगीतकर्मी र प्रशंसकहरु बुधबार र बिहीबार उनको स्वास्थ्यलाभको कामना गरिरहेका थिए । तर, उनको अवस्था नसुध्रिएपछि बिहीबार साँझ ५ः५० बजे मेडिकेयर अस्पतालमै ४२ वर्षको उमेरमा उनको निधन भयो । उनको कलेजोमा मात्र होइन मिर्गौलामा समेत समस्या रहेको थियो ।
अहिले आएर गायक गुरुङलाई वारी जमुना पारी जमुना बोलको गीतले सबै श्रोताहरुले चिनिरहेका छन् । उनले अरु पनि थुप्रै चर्चीत गीतहरु पनि गाएका थिए । उनले आठवटा एल्बम निकालीसकेका छन् । गायक गुरुङलाई चिनाउने र बचाउने गीत भने ’वारि जमुना पारि जमुना’ उत्कृष्ठ ठहरीएको छ । उनि संखुवासभा खाँदबारीमा जन्मीएका हुन् ।

LIVE TV