९ भाद्र २०७३, बिहीबार

२०१६ मा नेपाल आउँने पर्यटक संख्यामा बृद्धि भएको छ । २०१६ को पहिलो ६ महिनामा ३ लाख १३ हजार ५ सय ५२ पर्यटक भित्रिएका छन् । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो ।

download
२०१५ को पहिलो ६ महिनामा २ लाख ७७ हजार ९ सय ५२ जना पर्यटक भित्रिएका थिए । अध्यमगमन विभागका अनुसार यस बर्ष ५४ हजार २ सय २४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्षको ६ महिनामा ३९ हजार ४ सय भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा भारतीय पर्यटक सवैभन्दा बढी आउँछन् । नेपाल भित्रिनेमा दोश्रो स्थान रहेका चिनियाँ पर्यटक भने अघिल्लो बर्षको सोही अवधिको तुलनामा २८ प्रतिशतले कमी आएको छ ।
यता पछिल्लो ६ महिनामा नेपाल भित्रने पर्यटक संख्याको बृद्धिद्धरमा अमेरिका सबैभन्दा अगाडि छ । गत वर्ष १९ हजार ४ सय ४५ जना अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस बर्षको ६ महिनामा सो संख्या ४७ दशमलव ४० अंकले बढेको छ । यो वर्षको पहिलो ६ महिनामा नेपाल आउँने अमेरिकी पर्यटकको संख्या २८ हजार ६ सय ७६ पुगेको छ । अहिले नेपाल भित्रने धेरै पर्यटकमा अमेरिका सूचीको तेस्रो स्थानमा छ । यस्तै वेलायत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी र जापान क्रमशः सूचीको चौथोदेखि दशौं स्थानमा छन् ।

LIVE TV