
आफ्नो कला र संस्कृतिप्रतिको माया मोह भूगोलले कम हुन सक्दैन भन्ने कुराहरुलाई सदुरपश्चिमाञ्चलवासीले चरितार्थ गरेर देखाएका छन् । विभिन्न बाध्यता र अवसरको खोजीमा देशको राजधानी काठमाडौंमा रहेका सुदुरपश्चिमवासीले सुदुरपश्चिम क्षेत्रमा धुमधामले मनाउने गौरापर्व काठमाडौँमा पनि उत्तिकै भव्य र उत्साहले मनाए । भगवान शिव र पावर्तीको विवाह भएको र गौरीले महादेव पाउनका लागि गरेको तपस्याको इतिहासलाई जोडदै मनाउने यो पर्व मनाइरहँदा काठमाडौँको टुडिखेलमा पनि गौरामय बनेको थियो ।
![uf}/f eujtL uf}/f kj{sf cj;/df /fhwfgLsf] 6'l8v]ndf cfof]lht sfo{qmddf uf}/f eujtLsf] k|tLssf ;fy eQmhg. tl:a/M /f]zg ;fksf]6f,/f;;](https://i0.wp.com/www.news24nepal.tv/wp-content/uploads/2016/08/Gaura-765-350x233.jpg?resize=720%2C479)
सुदुरपश्चितमेहरुले राजधानी काठमाडौंमा पनि सधैंको वर्ष जस्तै यसपटक पनि धुमधामका साथ गौरा पर्व मनाएका छन् । स्थानीय देउडा र लोक भाकाको गुञ्जनले काठमाडौँको टुडिखेल पनि साँच्चिकै गौरामय बनेको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर यही पर्वमा विभिन्न सामाजिक विकृतिविरुद्ध समेत देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । पुरुषहरुसँगै महिलाहरु पनि गौरा पर्वमा उत्तिकै उत्साहित भएर सहभागी हुन्छन् । त्यसैले महिलाहरुका लागि समेत ाफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्न पाउँने उपर्युक्त मानिन्छ गौरा पर्व ।
यसरी विगत केही वर्षयता सुदुरपश्चिबाट काम बिशेषले काठमाण्डौ आएका र काठमाण्डौ बस्नेहरुले मनाइदै आएको गौरा महोत्सवले आफ्नो परम्परागत संस्कार र संस्कृतिकाृ संरक्षण त भउको छ नै त्यसको उचित प्रचारप्रसार हुँदै आएको छ ।