९ भाद्र २०७३, बिहीबार

पर्वत जिल्लाकै एक मात्र जिल्ला अस्पताल पर्वतमा एम्बुलेन्स सेवा प्रभावकारी नहुदाँ बिरामी र तिनका अभिभावकले सास्ती खेप्दै आएका छन् । एक दशकदेखि बिरामीको सेवा दिदै आएको एम्बुलेन्स विग्रिएपछि अस्पतालमा आउने बिरामीलाई समस्या पर्ने थालेको हो ।

Image result for एम्बुलेन्स अभाव

जिल्ला अस्पताल पर्वतमा रहेको एकमात्र एम्बुलेन्स बिग्रीएर काम नगर्ने अवस्थामा पुगेपछि बिरामीलाई समस्या पर्ने थालेको हो । अस्पतालसंग रहेको एम्बुलेन्स पुरानो भएर पटक पटक मर्मत गर्दा समेत काम गर्न छाडेपछि हैरानी खेप्दै आउनु परेको अस्पतालले जनाएको छ । एम्बुलेन्स नुहँदा टाढाबाट गम्भिर बिरामीलाई अस्पतालमा ल्याउन र अस्पतालबाट रिफर गरेर अन्यत्र पठाउनुपर्दा अन्य साधनमा पठाउनु परेको अस्पतालले जनाएको छ ।

उता नेपाल रेडक्रस सोसाईटी पर्वतसँग रहेका दुईवटा एम्बुलेन्स समेत बिग्रिएर थन्किएपछि जिल्लाका बिरामीहरुलाई समस्या हुने गरेको छ । गएको असारमा पर्बतबाट बिरामी लिएर पोखरा जादै गरेको एम्बुलेन्स बाटैमा बिग्रिएपछि छिटो अस्पतालमा प¥याउन नसक्दा बिरामीको बाटैमा ज्यान गएको थियो । त्यस यता एम्बुलेन्सको अभावमा यस्ता समस्याहरु धेरै आएको अस्पताल विकास समिति पर्वतका अध्यक्ष शिबप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अस्पतालमा बिभिन्न अप्रेशनको शुरुवात गरिसकेको भएपनि एम्बुलेन्सको अभाव हुँदा सेवा प्रवाहमा थप समस्या भएको बताइएको छ । दिउँसोको समयमा अन्य सवारी साधन प्रयोग गरेर बिरामी पठाउने गरेको भए पनि गम्भिर बिरामीलाई रातको समयमा बाहिर पठाउन निकै समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको पुरानो एम्बुलेन्सलाई सामान्य मर्मत गरेर बजार वरिपरि पठाउने गरेपनि बाहिर पठाउँदा पटक पटक एम्बुलेन्सले धोका दिदै आएको छ । यसले गर्दा जिल्लाको ग्रामीण क्षेत्र र जिल्ला बाहिर बिरामी पठाउँदा समस्या हुदै आएको अस्पतालले बताएको छ ।

LIVE TV