९ भाद्र २०७३, बिहीबार

अफगानिस्तानको राजधानी काबुलमा बुधबार राति तालिवानहरुले एक विश्वविद्यालयमा हमला गरेका छन् ।सो हमलामा परी १५ जनाको ज्यान गएको समाचार छ । ज्यान जानेमा सातजना विद्यार्थी पनि परेका समाचारमा जनाइएको छ ।

काबुलको विश्वविद्यालको लागि तस्बिर परिणाम

काबुलमा रहेको सो निजी विश्वविद्यालय अमेरिकीहरुद्वारा सञ्चालित विश्वविद्यालय हो । त्यस आक्रमणमा परी अरु केही घाइते पनि भएका छन् ।काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले सो हमला तालिवानहरुले गरेका र बुधबार साँझको सो आक्रमणपछि बिहीबार बिहानसम्ममा १५ जनाको ज्यान गएको खबर प्राप्त भएको जानकारी दिएका छन् ।

उक्त विश्वविद्यालयको गेटमा बस्ने पाले एकजना, विद्यालयका कर्मचारी एकजना, तीन प्रहरी र सातजना विद्यार्थी सो आक्रमणमा परी मारिएका छन् ।अरु केही व्यक्ति बेपत्ता रहेको पनि सो समाचारमा जनाइएको छ । उनीहरुलाई तालिबानले अफहरण गरेर लगे वा कता बेपत्ता छन् भन्ने बारेमा पनि खोजी भइरहेको बताइएको छ ।

एकजना व्यक्तिले आफू चढेको कारमा ल्याएको बम उक्त विश्वविद्यालयको ढोकामै लगेर विस्फोट गराएको जनाइएको छ ।त्यसपछि घन्टौंसम्म भिडन्त पनि भएको थियो । सो भिडन्तमा परी दुई जना तालिवान पनि मारिएका छन् भने अरु केही घाइते भएका पनि बताइएको छ । यसरी शिक्षण संस्थामा गरिएको यस आक्रमणका बारेमा तालिवानहरुले भने केही बताएका छैनन् । रासस÷सिन्ह्वा

LIVE TV