९ भाद्र २०७३, बिहीबार

भीमदत्तनगर,भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बुधबार एक युवकको शव फेला परेको छ ।

भुजेलाका ३३ वर्षीय भरत धामीको शव स्थानीय भुजेला खोलामा आधा शरीर डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुई दिनदेखि घरबाट सम्पर्कविहीन रहेका धामीको शव स्थानीयवासीले देखेपछि गड्डाचौकी प्रहरी कार्यालयमा खबर गरेका थिए ।

लगत्तै गड्डाचौकी प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्की नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले युवक मृत भेटिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । युवकको शव परीक्षणका लागि यहाँस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस

LIVE TV