९ भाद्र २०७३, बिहीबार

भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन । सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न सकेन ।
पार्टीको भागमा परेका १३ मध्ये पााच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ । तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन । देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए ।
‘मंगलबार सााझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री विमलेन्द्र निधि निवासमा आउनुभएको थियो, त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,’ पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘सभापति विधि र पद्धतिअनुरूप चल्नुपर्‍यो । यो प्रस्ताव मान्न सकिन्न ।’
पौडेलले बुधबार बिहान आठ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला राखेका थिए । भेलामा पौडेलले सभापतिको प्रस्ताव सुनाएपछि स्विकार्न नसकिने नेताहरूले बताएका थिए । अपराह्न चार बजे पौडेलनिवास बोहराटारमा बसेको उनी पक्षका केन्द्रीय सदस्यसहित सभासद्हरूको भेलाले सम्मानजनक सहभागिताविना सरकारमा नजाने निर्णय गरेको थियो ।
भेलामा सहभागि केन्द्रिय सदस्य बलबहादुर केसीले सम्मानजनक नभए सरकारमा सहभागि नहुने बताए । ‘सम्मानजनक सहभागिताविना हाम्रो पक्ष सरकारमा सहभागि नहुने निर्णय भएको छ,’ केसीले नयाँ पत्रिकासंग भने ‘हामीले कम्तिमा ५ मन्त्री र ४ राज्य मन्त्री मागेका छौ, त्यति नपाए जादैनौ र कार्यसमितिको निर्णय र पार्टीमा सहमति भएर नाम जादैन । सभापतिले एकलौटी रुपमा नाम पठाउने विषय अर्को भयो ।’

ser-bahadur-and-ramchandra
तर, सस्थापन पक्षका नेताहरुले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको मतको आधारमा मन्त्रालय दिनुपर्ने बताएका छन् । सभापतिले मिलाएर लैजान खोज्दा पौडेल पक्षले अनावस्यक दवाव दिन खोजेको पनि सस्थापन पक्षको आरोप छ ।
नेता एन पी साउदले न्यायसंगत हुने गरी सभापतिले सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने तयारी भएको बताए । ‘सबै पक्षलाई समेटेर न्यायसंगत तरिकाले पठाउनका लागि सहमति खोज्न सभापति लागिरहनु भएको छ,’ साउदले नया पत्रिकासंग भने ‘तर, सभापतिलाई अनावस्यक दवाव दिन खोजिएकाले ढिलाई भइरहेको छ ।’
को को छन् मन्त्रीका आकाक्षी ?
कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाएका छन् । केन्द्रिय सदस्य रमेश लेखकलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी ११ मन्त्रालयमा देउवाले आफु निकटका ५, पौडेल पक्षका ४, खुमबहादुर खड्का पक्षका १ र कृष्ण सिटौला पक्षका एक नेतालाई मन्त्री दिने तयारी गरेको स्रोत बताउछ ।
सस्थापनबाट ५ मन्त्रीमा अर्जुननरसिंह केसी, बालकृष्ण खाण, डा.प्रकाशसरण महत, जीवनबहादुर शाही, फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्भे र अम्बिका बस्नेतले आकाक्षा देखाएका छन् । ती मध्ये केसीलाई शिक्षा, खाणलाई रक्षा, डा महतलाई परराष्ट्र र शाहीलाई संस्कृत्ति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार मन्सुर, आङदम्भे र बस्नेतबारे टुंगो लागेको छैन ।
पौडेल पक्षको कोटामा कोषाध्यक्ष सितादेवी यादव, नेताहरु बलबहादुर केसी, दिपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त र रोमी गौचन थकालीको नाम चर्चामा छ । नेता खुमबहादुर खड्काको कोटामा परेको एक मन्त्रालयमा मोहनबहादुर बस्नेत र शंकर भण्डारीको नाम चर्चामा छ । त्यस्तै, सिटौलाको कोटाबाट गगन थापा र भिमसेनदाश प्रधानको नाम चर्चामा छ । राज्य मन्त्रीका लागि सूजाता परियार, ध्यान गोविन्द रञ्जित, तारामान गुरूङ, कन्चन बादे, किरण यादव, संजय गौतम, अब्दुल रज्जाक, दिर्घराज भाटले लविङ गरिरहेका छन् ।
राज्यमन्त्री केहि सिंगापुर नजादै, केहि फर्केपछि
कांग्रेसले आफ्नो भागमा परेका केहि राज्यमन्त्री सभापति देउवा उपचारका लागि सिंगापुर नजादै र केहि उपचार गरेर फर्केपछि सिफारिस गर्ने तयारी गरेको छ । राज्यमन्त्रीमा सबै जातजाती र क्षेत्रलाई समेट्नु पर्ने भएकाले सभापति फर्केपछिलाई पनि केहि कोटा राखिने नेता वालकृष्ण खाणले बताए । उनले भने, ‘राज्यमन्त्रीमा सबै क्षेत्र, प्रदेश, जातजातीलाई समेट्न पर्ने भएकाले केहि उहा फर्केपछिलाई पनि राख्न पर्ने अवस्था छ ।’
पौडेल पक्षले नाम नदिए आज सााझसम्म आफौ टुंगो लगाउने देउवाको तयारी
पौडेलले नाम नदिए देउवाले बिहीबार सााझसम्म मन्त्रीको नाम आफौ टुंगो लगाएर प्रधानमन्त्रीसमक्ष पठाउने तयारी गरेका छन् । नाम पठाउादा पौडेल पक्षका नेताहरूलाई पनि समेट्ने उनको योजना छ । महामन्त्री डा. शशांक कोइरालाले पनि भागबन्डाका आधारमा पौडेलसाग लिस्ट नमागी क्षमतावान् नेतालाई समेटेर मन्त्री बनाउन देउवालाई सुझाब दिएका छन् ।
स्रोतका अनुसार बुधबार बिहान आफूलाई भेट्न आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिसाग कोइरालाले पौडेललाई नकुर्न देउवालाई सन्देश पठाएका छन् । उनले मन्त्री बनाउन दीपक गिरीको नाम सिफारिस गरेको स्रोतको दाबी छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि आफू गुटको सिफारिसमा मन्त्री नबन्ने बताउादै आएका छन् । पौडेलको पक्षमा रहेका सभासद्हरूले पनि भागबन्डा नगरी दक्षता र क्षमताका आधारमा मन्त्री छान्न व्यक्तिगत र सामूहिक रूपमा सुझाब दिादै आएका छन् । ‘पौडेल पक्षले नाम नदिएपछि बिहीबार सााझसम्म सबै पक्षलाई समेटेर मन्त्रीको लिस्ट पठाउने तयारीमा सभापति हुनुहुन्छ,’ देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाणले भने ।
यसकारण पौडेल पक्ष असन्तुष्ट
कांग्रेसले १३ मन्त्रालय पाउने भए पनि संस्थागत रूपमा कुनै जानकारी नगराइएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । आफूहरूको माग पााचवटा मन्त्रालय रहेको, तर देउवाले कुन र कति दिने भन्ने प्रस्ट नभनेर बेवास्ता गरेको पनि पौडेल पक्षको आरोप छ । ‘हामीले सम्मानजनक रूपमा प्रभावशाली मन्त्रालय मिलाएर ६ मन्त्रालय पाउनुपर्छ भन्दै आएका हौा । तर, हामी पााच मन्त्रालयसम्म लचक भएका छौा,’ पौडेलनिकट स्रोत भन्छ, ‘तर, कुन–कुन मन्त्रालय दिने भन्ने प्रस्ट प्रस्ताव आएन । प्रभावकारी छलफल पनि भएन । मन्त्रालय नतोकी नाम मात्र माग्दैमा जाने अवस्था आउादैन ।’
सहयोगीहरूसहित पौडेल पुगे देउवानिवासमा
आफूपक्षीय केन्द्रीय सदस्य र सभासद्हरूको भेलाको निर्णय लिएर बुधबार सााझ पौडेल कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महतलगायतलाई लिएर देउवानिवास बूढानीलकण्ठ पुगेका थिए । पौडेलले कम्तीमा पााच मन्त्री र चार राज्यमन्त्री नपाए सरकारमा सहभागी नहुने अडान राखेका थिए । स्रोतका अनुसार पौडेलले देउवासाग आफूपक्षका नेतालाई मन्त्री बनाउादा सिफारिसमा मात्र बनाउन पनि आग्रह गरेका थिए ।
बैठकमा संस्थापन पक्षबाट सभापति देउवासहित उपप्रधानमन्त्री निधि, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, डा. प्रकाशशरण महतलगायत थिए । कार्कीले भने, ‘बैठकमा उहााहरूले कम्तीमा पााच मन्त्री दिनुपर्ने अडान राख्नुभयो, सभापतिले चार मन्त्री दिनसक्ने बताउनुभयो । कुनै सहमति बनेन ।’
मन्त्रालयमा पनि विवाद
कांग्रेसको भागमा परराष्ट्र, गृह, भौतिक योजना, शिक्षा, श्रम तथा रोजगार, वन, रक्षा, पर्यटन, सहरी विकास, सामान्य प्रशासन र शान्तिलगायत मन्त्रालय परेका छन् । तीमध्ये परराष्ट्र, पर्यटन, सहरी विकास, शिक्षा, सामान्य प्रशासन र शान्तिमध्येबाट पाउनुपर्ने पौडेलपक्षको दाबी छ । तर, संस्थापन पक्षले परराष्ट्र, शिक्षा र सहरी विकास दिन मानेको छैन । संस्थापनले डा. प्रकाशशरण महतलाई पराराष्ट्र मन्त्री बनाउने तयारी गरेको छ । तर, पौडेल पक्षले नेता डा. शेखर कोइरालालाई परराष्ट्र दिनुपर्ने माग गरेको छ ।
देउवा भोलि सिंगापुर जाँदै खाना अपच हुने समस्या झेलिरहेका
देउवा थप गाह्रो हुादै गएपछि उपचारका लागि शुक्रबार सिंगापुर जाादै छन् । त्यहााको माउन्ट एलिजावेस अस्पतालमा उनले उपचार गर्नेछन् । ‘खानाको अपच हुने पुरानै समस्या थियो, पहिले पनि सोही अस्पतालमा उपचार गरिएको थियो । एक वर्षमा फलोअपमा जानुपर्ने भए पनि दुई वर्ष भयो जानुभएको छैन,’ देउवानिकट स्रोत भन्छ, ‘त्यसैले उपचारका लागि पत्नी आरजुसहित पााच दिनका लागि शुक्रबार सिंगापुर जान लाग्नुभएको हो ।’ यसअघि देउवाले बुधबार नै जाने तयारी गरेका थिए । तर, मन्त्री छान्न ढिलाइ भएका कारण रोकिएका थिए । -नयाँ पत्रिका

LIVE TV